
उर्लाबारी । खोटाङको साकेला गाउँपालिका ५ की एक महिला यतिबेला न्यायको खोजीमा छन् । आपूmमाथि जबर्जस्ती करणी हुँदासमेत ईलाका प्रहरी कार्यालय दमकले उजुरी लिन नमानेको राई थरकी ति महिलाको दुखेसो छ ।
दमक ५ बस्ने २९ वर्षीय राजा खड्काले धाकधम्की दिँदै उनीमाथि जबर्जस्ती करणी गरेका थिए । सामाजिक सञ्जालमा चिनजान भएका राजाले तिमीलाई बिहे गर्छु भन्दै भेट्न बोलाएर बारम्बार करणी गरेको र अहिले अलपत्र पारेर फरार भएको पीडित राईको भनाइ छ ।
राजाले आफूलाई नेपाल आर्मीको मेजर हुँ भनेर भन्ने गरेको र सामाजिक सञ्जालमा समेत फोटोहरु राखेर झुक्याएको पीडितको भनाइ छ । राजाले फेसबुकमा विभिन्न युवतीहरूलाई ललाईफकाई गर्दै यौन शोषण गर्ने गरेको अहिले पत्तो पाएको उनले बताइन् ।
फरार राजालाई सामाजिक संजालमा टाँडीकै एक युवतीसँग बोल्ने क्रममा फेला पारेपछि स्थानीय महेन्द्र थेगिमले पक्राउ गरी प्रहरी कार्यालयमा बुझाएका थिए । तर, प्रहरीले भने उल्टै न्याय दिनुको साटोमा जाहेरी नै लिन नमानेको पीडितको भनाइ छ । दमक प्रहरी प्रमुख दिपक गिरीले पीडितलाई नै झपारेको बताइएको छ ।
राजाले अहिले दमककी एक अधबंैसे युवतीलाई माया जालमा पारेर मस्ती गर्दै हिँडेको बताइएको छ । राजाले प्रहरीको आडमा आफुलाई धम्की दिने गरेको पीडितले बताएकी छन्् । काठमाडौंबाट आएर न्याय खोज्दै आएकी उनले आफुलाई न्यायको लागि सहयोग गरिदिन अनुरोध गरेकी छन् ।