विराटनगर । २० औं हप्तादेखि विराटनगरका विभिन्न ठाउँ सरसफाइ गर्दै आएको परिवर्तनका लागि हातेमालो नामक संस्थाले शनिबार पनि सफाइलाई निरन्तरता दिएको छ ।
सो संस्थाले विराटनगर–८, अशोक चौकमा रहेको मुस्लिम धर्मावलम्बीहरुको प्रार्थना गर्ने ठाउँ (दर्गा) वरपर सरसफाई कार्यक्रम तथा रङ्गरोगन गरेको हो ।
मुस्लिमहरुको चाड इदलाई लक्षित गर्दै आफूहरुले दर्गा वरपर सरसफाई तथा रङ्गरोगनको काम गरेको परिवर्तनका हातेमालोका अभियान्ता राम पोखरेलले बताउनु भयो ।
आफु बदलिए मात्र समाज बदल्न सकिने भन्दै सबै जना एक जुट भएमात्र सफा र सुन्दर समाज निर्माण गर्न सकिने अभियान्ता तुलसी घिमिरेले बताउनु भयो ।
परिवर्तनका लागि हातेमालोले ‘हाम्रो रहर सफा सुन्दर विराटनगर’ भन्ने नाराका साथ विभिन्न सरसफाई कार्यक्रमहरु तथा सामाजिक काम गर्दै आईरहेको छ ।