मोटरसाईकल चोर पक्राउ - Pahilo Online

मोटरसाईकल चोर पक्राउ

writer

पहिलो अनलाइन

विराटनगर । मोरङ प्रहरीले चोरीको मोटरसाईकलसहित विराटनगर १३ घर भएका एक व्यक्तिलाई पक्राउ गरेको छ ।

विराटनगर १२ स्थित अजय बर्माको घरबाट बुधबार राति चोरी भएको मोटरसाईकल बिहीबार अपरान्ह प्रहरीले बरामद गरेको हो ।

सप्तरीको ढाक्नेश्वरी नगरपालिका ४ का मिथिलेशकुमार साहको मोटरसाईकल साथीको डेरामा आएर बसेको बेला चोरी भएको थियो । बर्माको घर कम्पाउण्डभित्रबाट चोरी भएको स ८ प ५०७६ नम्बरको मोटरसाईकल विराटनगर १३ का २५ को मिथिलेश कुमार झाको साथबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

जोगवनीतर्फ डो¥याउदै लगिरहेको अवस्थामा विराटनगर १२ स्थित हनुमान मन्दिर छेउबाट मोटरसाईकलसहित झालाई पक्राउ गरेको प्रहरीले जानकारी दिभएको छ । उनी विरुद्ध चोरी मुद्दा अन्तर्गत म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको ।

यसैबीच मोरङ प्रहरीले दुई जना फरार अभियुक्तलाई पक्रा गरी अदालतमा बुझाएको छ । अदालतबाट जनही २ हजार जरीवाना तोकिएका बिराटनगर १४ बस्ने महेन्द्र शाह र फिरोज शाहलाई पक्राउ गरी अदालतमा बुझाएको मोरङ प्रहरीले जानकारी दिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes