डा.रोकालाई अवार्ड - Pahilo Online

डा.रोकालाई अवार्ड

writer

पहिलो अनलाइन

विराटनगर । योग शिक्षाका क्षेत्रमा काम गर्ने डिभाइन टे«निङ सेन्टर इटहरीले लिथुवेनियाका पत्रकार स्व.रोकास जिल्लिन्स्कासको सम्झनामा स्थापित रोकस जिल्लिन्स्कास अवार्डबाट विराटनगर स्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलका वरिष्ठ न्यूरो सर्जन डा.यमबहादुर रोकालाई सम्मान गरेको छ ।

संस्थाले बुधबार एक कार्यक्रमबीच डा. रोकासहित प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई विवेकशिल साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रलाई सम्मान गरेको हो ।

पूर्वाञ्चलमा पहिलो पटक ९ वर्ष अगाडि मष्तिस्कको शल्यक्रियाको शुरुवात गरेका डा. रोकाले न्यूरो सर्जरीको लागि विदेश तथा काठमाडांै जानुपर्ने बाध्यताको अन्त्य गरेका थिए । न्यरो सर्जरीमा एमसीएच गरेका डा.रोकाले मस्तिष्क शल्यक्रियाको ९ वर्षे अवधमिा करिव ४ हजार सफल शल्यक्रिया गर्न सफल भएको अस्पतालले जनाएको छ ।

अवार्ड ग्रहण पछि कुरा गर्दे डा. रोकाले न्यूरो सर्जरीमा अहिले नेपाल सरकारले दिँदै आएको एक लाख छुटले बिरामी वर्गमा धेरै राहत भएको बताउनुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes