दुहबीमा महिला हिंसाविरुद्ध तालिम - Pahilo Online

दुहबीमा महिला हिंसाविरुद्ध तालिम

writer

पहिलो अनलाइन

दुहबी । आवाज नेपाल दुहबीको आयोजना तथा दुहवी १० नम्वर वडा कार्यालयको सहयोगमा संचालित महिला हिंसाविरुद्ध १ दिने तालिम बिहीबार सम्पन्न भएको छ ।

कार्यक्रममा दुहवी–१० का ३० जना महिलाको सहभागिता थियो । कार्यक्रमका प्रमुख अथिति दुहवी १० वडा अध्यक्ष लधुराम माझीले सिकेको कुरालाई व्यवहारमा उतारी समाजलाई असल निर्देशन दिन सकेमात्र असल समाजको विकास हुने बताउनु भयो ।

त्यसैगरी कार्यक्रमका अतिथिहरू दुहवी–१० का समाजसेवी, संचारकर्मीलगायतले सम्पूर्ण सहभागीले लगनशिल र एक चित्त भई तालिम लिएकोमा शुभकामना व्यक्त गर्नुभएको थियो ।

समापन कार्यक्रमको अध्यक्षता गर्नुभएकी आवाज नेपाल दुहबी सुनसरीकी सदस्य कौशीला चौधरीले यस किसिमका तालिमबाट महिलाले आफ्नो आत्मविश्वास बढाउँदै जानुपर्नेे र यसबाट आफ्नो क्षेत्रमा अगाडी बढ्न सहज हुने विश्वास व्यक्त गर्नु भयो । तालिमको प्रमुख प्रशिक्षकमा पवित्रा चौधरी रहनु भएको थियो भने सहजीकरणमा कल्पना कार्की रहनुभएको थियो ।

यसैगरी दुहवीस्थित स्नेह केन्द्रमा यूवा महिला संजाल दुहवी गठन भएको छ । प्लान नेपालको सहयोग तथा ओरेक नेपालको आयोजनामा भएको हानीकारक परम्परागत अभ्यासका विषयमा नगरस्तरिय १ दिने अभिमुखीकरण कार्यक्रमका अवसरमा २१ सदस्य महिला संजाल गठन भएको हो । युवा महिला संजाल दुहवीको अध्यक्षमा अमृता चौधरी, उपाध्यक्षमा अनिस्का आचार्य, सचिवमा पवित्रा राई कोषाध्यक्षमा वेवी हलुवाई र सदस्यमा रेणुका राई, अनु चौधरीलगायत रहेका छन् । कार्यक्रममा दुहवी नगरपालिकाका ४० बढी महिलाको सहभागीता थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes