बिहान ५ः३४ बजे काठमाडौंको गौरीघाटबाट गोरे पक्राउ - Pahilo Online

बिहान ५ः३४ बजे काठमाडौंको गौरीघाटबाट गोरे पक्राउ

writer

पहिलो अनलाइन

विराटनगर । सुन तस्करी र सनम शाक्य हत्याका मुख्य आरोपी चूडामणि उप्रेती (गोरे) पक्राउ परेका छन् । उनलाई गृहमन्त्रालयको विशेष छानबिन समिति अन्तरगत खटिएको प्रहरीको टोलीले बिहान ५ः३४ बजे काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको हो ।

समितिका संयोजक ईश्वरराज पौडेलले गोरे काठमाडौंमा आएको विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको जानकारी दिनुभयो । गोरेलाई आजै मोरङ जिल्ला अदालतमा उपस्थित गराइने भएको छ ।

सुन तस्करी र सनम शाक्यको हत्या मुद्दामा प्रहरीले कूल ६३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । प्रहरी नियन्त्रणमा रहेका ३० बाहेक अरू ३३ जना फरार छन् । प्रहरीले मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती (गोरे) सहित फरार सबैको खोजी गरिरहेको थियो।

उनीहरुविरुद्ध जिल्ला अदालतमा ‘आपराधिक समुह स्थापना र सञ्चालन गरी सुनको अवैध कारोबार गरेको, अपहरण तथा शरिर बन्धक र कर्तब्य ज्यान’ मुद्दा दर्ता गरेको थियो । अदालतमा ३८ क्विन्टल अर्थात १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय १३ रुपैयाँ ९० पैसा बराबरको सुन तस्करी गरेको भन्दै सोही बराबरको बिगो माग दाबी गरिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes