सरकारी विद्यालयमा विद्यार्थीको भिड - Pahilo Online

सरकारी विद्यालयमा विद्यार्थीको भिड

writer

पहिलो अनलाइन

उदयपुर । केही वर्षअघिसम्म अभिभावकले आफ्ना छोराछोरी पठनपाठन गराउन सरकारी विद्यालयमा भन्दा निजी विद्यालय रोज्ने गरेकोमा त्यो अवस्था फेरिएको छ ।

शैक्षिक गुणस्तरमा सुधार भएपछि उदयपुरको त्रियुवा माध्यमिक विद्यालयमा निजी विद्यालय छाडेर आउने विद्यार्थीको लर्को नै लागेको छ ।

पाँच वर्षदेखि अंग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन हुँदै आएको गाइघाटस्थित त्रियुगा उच्च माध्यमिक विद्यालयमा विद्यार्थीको चाप बढेपछि तोकिएको समय अगाबै विद्यार्थी भर्ना बन्द गरिएधको छ । विद्यालय प्रशासनका अनुसार यस वर्षको शैक्षिकसत्रमा वैशाख महिनाभित्र झण्डै १ हजार नयाँ विद्यार्थी भर्ना भएका छन् । विद्यार्थी आउने क्रम नरोकिएपछि भर्ना अभियान बन्द गरिएको विद्यालयले जनाएको छ ।

त्रियुगा उच्च माविका प्राचार्य सुवास विष्टका अनुसार अहिले विद्यालयमा झण्डै २ हजार विद्यार्थीले विभिन्न कक्षामा अध्ययन गर्दै आएका छन् । यो वर्ष मात्र कक्षा ५ देखि माथिल्ला तहमा एक हजारसम्म नयाँ विद्यार्थी भर्ना भइसकेको र अब विद्यालयको क्षमताले धान्न नसक्ने हुनाले भर्ना बन्द गर्नु परेको विद्यालयका प्राचार्य विष्टको भनाइ छ ।

विद्यालयका भवन र कोठाले विद्यार्थीको संख्या थाम्न नसक्ने भएपछि भर्ना बन्द गरिएको हो । जिल्लाको पहाडी क्षेत्रसहित सदरमुकाम गाईघाटमा सञ्चालन हुँदै आएका निजी विद्यालयबाट त्रियुगा उच्चमाविमा विद्यार्थी भर्ना भएका छन् ।

सरकारी विद्यालयमा पनि अंग्रेजी माध्यमबाट पढाइ हुन थालेकोले विद्यार्थीको चाप बढेको हो । त्यसो सरकारी विद्यालयमा पढ्ने विद्यार्थीलाई मात्र उच्च शिक्षा अध्ययनमा छात्रबृत्तिको प्राथमिकता हुने भएकोले पनि विद्यार्थी सरकारी विद्यालयमा आकर्षित भएका छन् ।

गत वर्षसम्म उदयपुरमा १० वटा सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन हुँदै आएको थियो । चालु शैक्षिक सत्रदेखि तीन दर्जन सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन शुरु भएको जिल्ला शिक्षा समन्वय एकाइका प्रमुख हरिहर धितालले बताउनुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes