'राज्यले रंगमञ्च क्षेत्रको विकासमा चासो दिएन' - Pahilo Online

‘राज्यले रंगमञ्च क्षेत्रको विकासमा चासो दिएन’

जिल्लास्तरीय नाटक उत्सव सुरु

writer

पहिलो अनलाइन

विराटनगर । मोरङ जिल्ला स्तरीय वाई वाई नाटक उत्सव २०७५ सुरु भएको छ । शुक्रबारदेखि सुरु नाटक उत्सव १० दिनसम्म सञ्चालन हुनेछ । उत्सवमा मोरङ जिल्लाका ८५ वटा विद्यालय सहभागी छन् ।

नाटक उत्सवको उद्घाटन वरिष्ठ रंगकर्मी अशेष मल्लले गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै मल्लले राज्यले रंगमञ्च क्षेत्रको विकासमा चासो नदिएको गुनासो गरे । संस्कार र संस्कृति सिकाउने रंगमञ्चलाई राज्यले बिर्सन नहुने उनले बताए ।

सभ्यताको विकासका निम्ती थिएटरको ठूलो हात हुने बताउँदै उनले राज्यले नबुझेका कारण नाटक अध्यापक गराउने स्कुल खुल्न नसकेको बताए । स्कुलदेखि नै नाटकको पढाई भए सभ्यताको विकास गर्न सहज हुने उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टीका नेता महेश रेग्मीले राज्यले रंगमञ्चलाई शिक्षाको रुपमा विकास गर्न नसक्दा कला क्षेत्रमा लागेकाहरू टिक्न सक्ने अवस्था नरहेको बताए । राज्यलाई एक ढिक्का बनाएर विकास गर्दै लैजान कला क्षेत्रको ठूलो योगदान भएको बताउदै उनले सरकारले विद्यालय स्तरदेखि नै कलाका बिषयमा विद्यार्थीलाई सिकाउन आवश्यक रहेको बताए ।

प्याब्सनका केन्द्रिय सदस्य राजेश कुमार दासले निजी विद्यालय पनि कला साहित्य क्षेत्रको विकासमा लाग्ने बताए । प्राज्ञ विवश पोखरेलले नाटक उत्सव नया कलाकारको प्रतिभा प्रस्फुटन गर्ने आधार भएको बताए । राज्यले पाठ्यपुस्तकका समावेश नगरेपनि गत वर्षदेखि नाटक जागरण अभियान सुरु गरेको सुमेरु कला सरोवका अध्यक्ष सुलवमणी सापकोटाले जानकारी दिए ।

उनका अनुसार गत वर्ष वाइवाई नाटक उत्सव अभियान सुनसरीमा पनि संचालन गरिएको थियो । प्याब्सन मोरङको सहयोगमा मोरङका आयोजना गरिएको उत्सवमा जिल्लाभरका ८५ वटा सामुदायिक र निजी विद्यालयले बढीमा १५ मिनेटको दरले ८५ वटा नाटक मञ्चन गर्दैछन् । शुक्रबारदेखि १० दिनसम्म निरन्तर नाटक मञ्चन गरिने छ । शुक्रबार चार वटा नाटक मञ्चन गरिएको थियो ।

विराटनगर ४ मा रहेको गोग्राह माध्यमिक विद्यालय, विराटनगर–१२ मा रहेको गोदावारी स्कुल, विराटगर ११ मा रहेको सगरमाथा स्कुल र रंगेली ६ मा रहेको माउण्ट मकालु स्कुलले सहभागिता जनाएका छन् । उत्सवमा गोदावरी र गोग्राहले बाल विवाह शिर्षकको नाटक मञ्चा गरेका थिए भने माउण्ट मकालुले वान वे नाटक मञ्चन गरेको थियो । सगरमाथाले आमा बुबाको माया नाटक मञ्चन गरेको थियो । उत्सवमा सहभागि मध्येबाट उत्कृष्ठ १० नाटक छनोट गरिनेछ । उत्सवको निर्णयकमा वरिष्ठ रंगकर्मी लोकमणी सापकोटा, रंगकर्मी मुकेश कर्ण र दिपेश भण्डारी रहनेछन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes