लागुऔषध कारोबारी पक्राउ - Pahilo Online

लागुऔषध कारोबारी पक्राउ

writer

पहिलो अनलाइन

धरान । कोठामै सिसी क्यामेरा जडान गरेर लागूऔषध कारोबार गर्ने गिरोहलाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ ।

कोठामा सिसी क्यामरा जडान गरी डिलर राखेर लागूऔषध प्रयोग गर्ने ६ जना र अन्य ५ जना गरी ११ जनालाई सुनसरीको धरानबाट प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले १ सय ८३ सेट टिडी जेसिक नामक लागुऔषध, नगद ६६ हजार, सिसि क्यामेरा जडान गरिएको ल्यापटप र मोवाइलसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धरान ४ का मदनकुमार लिम्बू, धरान १६ का हेमन्त राई छन् । उनीहरुसहित धरान १९ का प्रकाश राई र सुरज राई पनि पक्राउ परेका छन् । प्रकाश र सुरजको घरमा सिसी क्यामरा जडान गरी लागुऔषध बेचबिखन गरेको प्रहरीको भनाइ छ ।

प्रहरीले प्रक्राउ परेकाहरुको बयानबाट उनीहरुसँगै कारोबार संलग्न रहेको आरोपमा मोरङका सम्पतलाल यादव र सन्तोष यादवलाई पनि पक्राउ गरेको छ । उनीहरुलाई पनि धरान १९ बाट प्रक्राउ गरेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी रामेश्वर पौडेले जानकारी दिनुभयो ।

पक्राउ परेकामध्ये सम्पत्तलाल चौधरी नेपाल प्रहरीमा कार्यरत रहदा चोरी गरी भागेका प्रहरी जवान रहेका हुन् । प्रहरीले उनको खोजी कार्यलाई तिब्रता दिएको थियो ।

यस्तै प्रहरीले बिहीबार धरानको चारकोशे जंगलमा लागुऔषधको डिलर खोलेर बसेका थप ५ जनालाई प्रक्राउ गरेको छ । प्रक्राउ पर्नेमा तनहुका महेश गन्देव, धरान १७ की उषा परियार, विषनप्रसाद राई, टिकाराम परियार र सन्तोष सनुुवार छन् । उनीहरुको साथबाट ७३ सेट टिडीजेसिक तथा नगद १८ हजार रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।

संघीय प्रहरी इकाई कार्यालय र इलाका प्रहरी कार्यालय धरानको संयुक्त टोलीले उनीहरुलाई प्रक्राउ गरेको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes