धरानमा हटेन सिन्डिकेट - Pahilo Online

धरानमा हटेन सिन्डिकेट

writer

पहिलो अनलाइन

धरान । सरकारले यातायात क्षेत्रको सिन्डिकेट खारेज गरेपनि सुनसरीको धरानका यातायात व्यवसायीले सिण्डिकेटलाई कायमै राखेका छन् ।
धरान बसपार्कबाट दैनिक सञ्चालन हुँदै आएका दुई हजारभन्दा बढी सवारी साधनमा व्यवसायीले दादागिरी शैलीमा सिन्डिकेटलाई कायमै राखेपनि प्रशासन मौन छ ।

धरानमा मुख्य कार्यालय खोलेर दर्ता गरिएका कोसी बस व्यवसायी संघ, पूर्वाञ्चल यातायात संघ, सप्तकोसी बस व्यवसायी संघ, संयुक्त बस व्यवसायी संघले सिन्डिकेटलाई निरन्तरता दिइरहेका छन् । धरानबाट सञ्चालन हुने यातायातका साधन सञ्चालनको सिन्डिकेटको नेतृत्व कोसी बस व्यवसायी संघका अध्यक्ष तथा यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष कृष्ण सुवेदी, पूर्वाञ्चल यातायात संघका अध्यक्ष सरोज श्रेष्ठ, संयुक्त बस व्यवसायी संघका अध्यक्ष नरेन्द्र पोमो र सप्तकोसी बस व्यवसायी संघका सचिव हरि थापाले गर्दै आएका छन् ।

धरानका चारवटै संघले आफ्नो संस्थामा दर्ता नभएका सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाउदै आएका छन् । धरानबाट तराईका जिल्लामा चल्ने सवारी साधन छिटफुट रुपमा सञ्चालन भएका भएपनि धरानबाट पहाडी जिल्ला धनकुटा, भोजपुर, संखुवासभा, तेह्रथुम चल्ने यातायातका साधनमा व्यवसायीले सिन्डिकेटलाई निरन्तरता दिएका छन् ।

पहाडी जिल्ला चल्ने सवारी साधनहरुलाई आलोपालो प्रणाली लगाएर व्यवसायीले सिन्डिकेटलाई निरन्तरता दिएपनि प्रशासन मौन बसेको छ । धरानमा यातायातका साधनमा सिन्डिकेट लगाउनेमा अधिकांश एमाले र कांग्रेसका स्थानीय नेता सक्रिय रहेका छन् ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष कृष्ण सुवेदीले यातायातका साधनलाई खुला छाड्दा अस्वस्थ प्रतिस्पर्धा हुने र दुर्घटना हुने भएकाले समय मिलाएर आलोपालो प्रणाली लागु गरेको बताउनुभयो । सुनसरीका प्रहरी प्रमुख एसपी राजन अधिकारीले भने कानुन विपरित सिण्डिकेट चलाउने व्यवसायीविरुद्ध कडा कारबाही हुने चेतावनी दिनुभएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes