विपन्नलाई सिंचाईमा सहयोग - Pahilo Online

विपन्नलाई सिंचाईमा सहयोग

writer

पहिलो अनलाइन

विराटनगर । अतिविपन्न ऋषिदेव (मुसहर) समुदायलाई लक्षित गरी मोरङको धनपालथान गाउँपालिका–१ म सञ्चालित सामुदायिक तथा सिंचाईं उप–परियोजना समुदायमा हस्तान्तरण गरिएको छ ।

बुधबार नोचाको स्थानीय गढेरिया टोलमा निर्मित डिप बोरिङसहितको परियोजनालाई हस्तान्तरण गरिएको हो ।

नारी विकास संघको समन्वयमा गरिबी निवारण कोषको ४ लाख ७४ हजार रुपैयाँ सहयोगमा डिपबोरिङसहित एकै टोलमा दुई स्थानमा पानीतान्ने पम्पसेट जडान गरिएको छ । कोषका इन्फा चिफ दिलमानसिंह बस्नेत, विश्व बैंकका कन्सलटेन्ट टासी छिरिङ, संघकी सचिव इश्वरी पौडेल, उपाधयक्ष शारदा खनालले संयुक्त रुपमा परियोजना हस्तान्तरण गरे ।

टोलमा रहेका २२ घर परिवार सदस्य रहेको दिनाभद्री सामुदायिक संस्थाको पहलमा ८ बिघा जग्गा भाडामा लिएर मुसहर समुदायले सामुदायिक खेती गर्न सुरु गरेपछि सिचाईका लागि दाताले सहयोग गरेका हुन् । पिछडिएको दलित समुदायको जीवनस्तर उकास्ने उद्देश्यले सहयोग गरिएको हो ।

ार्यक्रममा वडाअध्यक्ष जनकलाल चौधरी, जग्गादाता कन्हैयालाल चौधरी, संस्थाका सदस्य झरिलाल ऋषिदेवलगायतले पिछडिएको समुदायलाई भएको सहयोग निकै प्रभावकारी बनेको चर्चा गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes