‘सेलेले झरना’ ओझेलमा ! - Pahilo Online

‘सेलेले झरना’ ओझेलमा !

writer

पहिलो अनलाइन

धनकुटा । प्रचारप्रसार र आवश्यक पूर्वाधार ब्यवस्थापन अभावमा धनकुटाको शहिद भूमि गाउँपालिका २ स्थित बुर्खामा रहेको आकर्षक प्राकृतिक झरना ओझेलमा परेको छ ।

आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बन्ने प्रसस्त संभावना भएको सेलेले झरना करिब एकसय २५ मिटर अग्लो छ ।

यद्यपी झरनाको उचाइबारे आधिकारिक अध्ययन भने भइसकेको छैन । झरना प्रवद्र्धन गरि पर्यटक आकर्षित गर्न गाउँपालिकाले गृहकार्य थालेको छ । हिले–त्रीवेणी सडक अन्तर्गत बुर्खाको मगरबस्तीबाट १ हजार ५ सय मिटर उत्तरमा पर्ने आकर्षक झरनासमम सडक पहुँच र पदमार्ग ब्यवस्थापनको काम भइरहेको शहिद भूमि गाउँपालिका प्रमुख मनोज राईले जानकारी दिनुभयो ।

स्थानीय बुर्खाबाट झरना जाने एक किलोमिटर सडकको ट्रयाक खोलिएको गाउँपालिकाले जनाएको छ । छिन्ताङ्गमा रहेको जालपादेवि मन्दिरबाट सवारि साधनमा करिब ४० मिनेटको यात्रामा पुगिने यो झरना आस्थाकि देवि छिन्ताङ्ग भगवती, पञ्चकन्यामा रहेको ऐतिहासिक शहिद पार्क, पाताल डाँडामा निर्माणाधिन अर्को शहिद समृती पार्क जस्तै अर्को पर्यटकीय गन्तव्य बन्नसक्ने स्थानीयको अपेक्षा छ ।

झरना भएको स्थानमा होटल र लजको सुविधा नभएपनि स्थानीय मगर, राई र अन्य समुदायका घरमा होमस्टे राख्ने तयारी छ । रमणीय जंगलको बीचमा रहेको झरना वरिपरि संरक्षित जनावर र पशुपंक्षीका बासस्थानसमेत भएकोले प्राकृतिक स्वरुप नबिग्रने गरि सुविधायुक्त पर्यटकीय पूर्वाधार ब्यबस्थापनको योजना बनिरहेको गाउँपालिका प्रमुख राईले बताउनुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes