मेरिल्याण्डका विद्यार्थी बेलायत जाने - Pahilo Online

मेरिल्याण्डका विद्यार्थी बेलायत जाने

writer

पहिलो अनलाइन

विराटनगर । बैदेशिक शैक्षिक अनुभवका निम्ति विद्यार्थीहरुलाई प्रोत्साहन गर्दै आएको बिराटनगरको मेरिल्याण्ड कलेजले यो वर्ष पनि बिद्यार्थीलाई बैदेशिक शैक्षिक भ्रमणमा पठाउने भएको छ ।

गएको २ वर्षदेखि कलेजले हरेक वर्ष कलेजका बिद्यार्थीहरुलाई विदेश भ्रमणको लागि बेलायतको युनिभर्सिटी अफ वल्भरह्यामटनको छात्रवृत्ति दिने गरेको छ ।

यो वर्ष पनि कलेजका २ जना बिद्यार्थी बेलायतको समर क्याम्प २०१८ को लागि जाने भएका छन् । कलेजमा बेलायतको बिबिएम कोर्ष पढाई हँुदै आएको छ । विद्यार्थीलाई विश्वविद्यालयले छानेर १५ दिने बेलायत भ्रमणको लागि लैजाने कलेजका एकेडेमिक निर्देशक डा. दिब्येश चन्दले बताउनुभयो ।

चन्दका अनुसार उनीहरुले त्यहाँ छदा अन्य देशबाट आएका बिद्यार्थीहरु सहित विश्वविद्यालयमा बिभिन्न कक्षा लिनुको साथै अन्य विद्यार्थीसँग छलफल गर्नेछन् । बिभिन्न अभ्यासबाट छानिएका २ विद्यार्थीहरु साउन ६ गतेदेखि २० गतेसम्मको बेलायतको शैक्षिक भ्रमणमा जाने कलेजले जानकारी दिएको छ ।

छात्रवृत्तिको सम्पूर्ण छनोट प्रक्रिया बेलायती विश्वविद्यालयले नै गर्ने कलेजले जनाएको छ । बिद्यार्थीहरुको भ्रमणको सम्पूर्ण खर्च कलेज र विश्वविद्यालयले नै प्रदान गर्नेछ । शैक्षिक भ्रमणले बिद्यार्थीहरुको आत्मबल, क्षमता र अन्तरास्ट्रिय अनुभब बढाउने कलेजले अपेक्षा राखेको छ ।

इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा सञ्चालित कलेजमा बेलायतको बिजनेस डिग्री सर्वशुलभ शुल्कमा पढाइ हँुदै आएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes