मनी ट्रान्सफरमा चोरी - Pahilo Online

मनी ट्रान्सफरमा चोरी

writer

पहिलो अनलाइन

विराटनगर । विराटनगर महानगरपालिका ९ मेनरोडमा सञ्चालित सम्राट मनी ट्रान्सफरमा मंगलबार राति चोरी भएको छ ।

महानगरपालिका कार्यालयको ‘बी प्लट’ भवनको माथिल्लो तलामा सञ्चालन गरिएको मनी ट्रान्सफरको सटर फुटाएर चोरी गरिएको हो ।

मनी ट्रान्सफर विराटनगर महानगरपालिका ९ को वडा कार्यालयसँगै जोडिएको छ । मंगलबार साँझ बन्द गरेर हिँडेकोमा बुधबार बिहान आउँदा चोरी भएको पाइएको संचालक बाबुराम न्यौपानेले बताउनुभयो । बिहान ७ बजे गार्ड होमनाथ खतिवडाले सटरको माथिल्लो भाग फुटाएर चोरी भएको जानकारी दिएका थिए ।

मनी ट्रान्सफरबाट ५ लाख ५० हजार रुपैयाँ नगद, एउटा ल्यापटप, दुईवटा भिडियो क्यामेरा, एउटा कम्प्युटर, हस्ताक्षर गरेको चेकलगायतका सामान चोरी भएको न्यौपानेको दावी छ । सुरुमा पूर्वतर्फ रहेको काठको ढोका फुटाएर भित्र पसेपछि चोरले मनी ट्रान्सफरको सटरको माथिल्लो भाग फुटाएर चोरी गरेको पाइएको छ ।

वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी सुरेन्द्र सिटौलाले भने घटना शंकास्पद भएको बताउनुभयो । सटर अलिकति मात्रै तोडिएको जस्तो रहेकोले घटनाका विषयमा विभिन्न कोणबाट अनुसन्धान सुरु गरिएको उहाँको भनाइ छ ।

प्रहरीले संचालक न्यौपानेसहित केही व्यक्तिमाथि नै अनुसन्धान अघि बढाइएको जनाएको छ । न्यौपानेसहित केहीको फिङ्गर प्रिन्ट पनि लिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes