सुत्केरीको मृत्युपछि तनाव - Pahilo Online

सुत्केरीको मृत्युपछि तनाव

writer

पहिलो अनलाइन

तेह्रथुम । तेह्रथुम जिल्ला अस्पतालमा सुत्केरी हुन आएकी एक महिलाको मृत्यु भएपछि तनाव भएको छ ।

तीनदिन अघि प्रसुति गराउन अस्पताल भर्ना भएकी म्याङलुङ्ग नगरपालिका–८, आम्बुङकी ३५ वर्षीया रत्नमाया मगरको ज्यान गएपछि आफन्तले अस्पतालमा नाराबजी गर्दै ढंगामुढा गरेका छन् ।

चिकित्सकको लापरबाहीका कारण ज्यान गएको भन्दै आफन्तले शव बुझ्न अस्विकार गरेका छन् । रत्नमायाको सोमबार साँझ ज्यान गएको अस्पतालले जनाएको छ । सुत्केरी ब्यथा लाग्ने औषधि दिएपछि सन्तमायाको मृत्यु भएको भन्दै परिवार र महिला अधिकारकर्मीहरूले अस्पताल प्रशासनको चरम लापरबाही भन्दै विरोध गरेका छन् ।

सुत्केरी व्यथा लागेर सुरक्षित सुत्केरीका लागि शनिबार दिउँसो अस्पताल आएकी मगरको उपचार राम्रोसँग नगरेको आफन्तले आरोप लगाएका छन् । रत्नमायाको शवबेडमै राखिएको छ । पत्नीको मृत्युपछि उनका पति टेकबहादुर मगर भने अचेत अवस्थामा अस्पतालको गेट बाहिर अचेत अवस्थामा छन् ।

प्रमुख जिल्ला अधिकारी बेदनिधी खनालले घटनाबारे आफूलाई अस्पताल प्रशासनले कुनै जानकारी नगराएको बताउनुभयो । जिल्ला अस्पतालका डा.मुक्तिनारायण शाहले आफू जिल्ला बाहिर रहेकोले घटनाको जानकारी नभएको प्रतिक्रिया दिनुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2023 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes