लिम्बूको आत्महत्यामा सन्देह - Pahilo Online

लिम्बूको आत्महत्यामा सन्देह

writer

पहिलो अनलाइन

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका १० विराटचौक स्थित त्रिवेणी चौकमा डेरा गरेर बस्ने एक महिलाको मृत्यु शंकास्पद बनेको छ ।

ताप्लेजुङको हाङ्देवा १ घर भएकी २९ वर्षीय विष्णु साउदेन लिम्बूको शव झुन्डिएको अवस्थामा सोमबार विहान शव फेला परेकोमा उनको मृत्युको कारणलाई शंकास्पद रुपमा हेरिएको छ ।

डेरा गरेर बसेको घरकै बलोमा सलको पासो लगाएर झुन्डिएको अवस्थामा लिम्बूको शव फेला परेको प्रहरीले जनाएको छ । घटनास्थलको प्रकृति हेर्दा आत्महत्या गरेजस्तो नदेखिएको प्रहरीले जनाएको छ । सलको पासो लगाएर झुन्डिएको शव भुइँमा खुट्टा टेकेको अवस्थामा फेला परेपछि घटनालाई प्रहरीले शंकाको घेरामा राखेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामजी कटवालले बताउनुभयो ।

घरको भुइँतलामा झुन्डिएको अवस्थामा झ्यालबाट महिलालाई देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । विष्णुका पति नवीन लिम्बू तीन वर्षदेखि वैदेशिक रोजगारीका लागि कतारमा छन् । पति विदेश गएपछि छोराछोरी लिएर सुन्दरहरैंचामा उनी डेरा बस्दै आएकी थिइन् ।
आइतबार राति विष्णु बसेको घरमा उनका आफ्नै भिनाजु सुनसरीको इटहरी उपमहानगरपालिका १९ का कमल राई पनि रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । राति सालीकै डेरामा सुतेका उनी घटनापछि फरार रहेको प्रहरीले जनाएको छ ।

मृतकका छोरीले ठूलोबुबा कमलले राति आमालाई कुटपिट गरेको बयान प्रहरीमा दिएका छन् । कमल फरार भएकाले घटनालाई प्रहरीले शंकास्पद रुपमा लिएको छ । सालीसँग रहेको अवैध सम्बन्ध लुकाउन कमलले नै झुन्ड्याएर हत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes