श्रीनिवासलगायत धर्मगुरुहरूबारे - Pahilo Online

श्रीनिवासलगायत धर्मगुरुहरूबारे

नकारात्मक चरित्र बोकेका मान्छे जुनसुकै धर्म सम्प्रदाय राजनीतिक विचार र आस्था भित्र रहेका हुन्छन् । यसो भनिरहँदा सबै गुरु खराबै हुन्छन् भन्ने होइन । तर धर्मको आडमा भइरहेका ज्यादतीहरु भने बहुतै मुस्किलले मात्र उदाङ्गिएका दृष्टान्तहरु हाम्रा सामु छन्

writer

नारायण निरौला

आखिर हिन्दु धर्म मठाधिसको पोल पनि खुलेरै छोड्यो । हामीले घटनाको लगत्तै यस विषयमा पतिकृया दिदै भनेका थियौं, ‘धर्म गुरु वा उनकै अनुयायीले यस्तो जवरजस्त घटना घटाएका हुन्, जस्को उद्देश्य हिन्दुधर्मालम्बीहरुको धार्मिक आस्थाको मनोविज्ञानलाई उद्देलित बनाउँदै धार्मिक असहिष्णुता निम्त्याउने र अराजकता फैलाउँदै धार्मिक हिंसा भड्काउने र जनताको सय वर्ष लामो वलिदानी संघर्ष पश्चात स्थापना भएको संघीय लोकतान्त्रि गणतन्त्र लाई उल्टाउँदै सामान्ति राजतन्त्र ब्यूँताउने ठूलो ग्राण्डडिजाइन हो ।’ हामीले त्यस बेला के पनि भनेका थियौँ भने ‘गाई, माई र भाई एकै पटक कराउनु र धर्मगुरु काण्ड मच्चिनु कुनै संजोग नभई नियोजित उद्योग हो ।’ त्यस बेलाको हाम्रो टिप्पणी अहिले सत्य सावित भएको छ।

नारायण निरौला

अन्ततः कथित धार्मिक मठाधिस श्री निवास को निकृष्ट अभिष्ट भ्रुणमैं तुहियो। त्यति मात्र होइन अब ती मठाधिश र उनका सहकर्मी धार्मिक हिंसा उद्योगमा धमाधम पक्राउ पर्न थालेका छन् । उनीहरु अब छिटै कडा सजायको भागिदार हुँदै जेलको चक्की पिस्न पुग्नेछन् । श्री निवासको ब्यक्तिगत चरित्रको पोल त हामीले नै किन खोलौँ आखिर उनले आफ्ना कर्तुतको बयान प्रहरी समक्ष आफै गर्नेछन् भन्ने विश्वास हामीलाई छ।एउटा सत्य चैँ के प्रमाणित भो भने कुनै पनि धर्म र राजनीतिक विचारको आडमा हुने कुकर्मको पर्दा ढिलो छिटो आफै खुल्ने रहेछ। अनि यसरी हेर्दा धर्म भिरुहरुले गुरुहरु माथि कसरी विश्वास गर्ने ?

हुन त यस्ता नकारात्मक चरित्र बोकेका मान्छे जुनसुकै धर्म सम्प्रदाय राजनीतिक विचार र आस्था भित्र रहेका हुन्छन् । यसो भनिरहँदा सबै गुरु खराबै हुन्छन् भन्ने होइन । तर धर्मको आडमा भइरहेका ज्यादतीहरु भने बहुतै मुस्किलले मात्र उदाङ्गिएका दृष्टान्तहरु हाम्रा सामु छन् ।हामीले आजभन्दा पैतालिस वर्ष अघि राजनीति सुरु गर्दा चिनका बौद्ध गुम्बामा रहने गुम्बाधिस अर्थात लामा भनेर भन्ने गरिन्छ तिनका कर्तुतहरुको फेहरिस्त बेजिङ रिभ्यू मा पढ्ने अवसर पाउँथ्यौँ । तिनीहरुले कथित आईको भेसमा हजारौं किशोरीलाई यौन दासी बनाएका हुन्थे भने अर्को तर्फ के गर्थे भने आफ्नो बिष्टा (दिसा)लाई प्रसादीको नाममा जनतालाई खुवाउँथे ।

अर्को प्रसंग कृष्ण प्रणामीहरुका गुरुलाई खडकुडामा हाली नुहाएको जल गुरु प्रसाद भनी बोतल बोतलमा लाने चलन छ । त्यसै गरी क्रिस्चियनका मठाधिश मानिने पोपले पनि ब्रम्हचारीणीहरुको चरण गरेको कुरा पनि केहि वर्ष अगाडि नै सार्वजनिक भैसकेको प्रसंग हो । ओशो, जैन, कविर, ब्रम्हकुमारी, सतपाल आदि पनि चारित्रिक विवादमा तानिएकै हुन् । केहि वर्ष अघि शंकराचार्य पनि विवादमा परेकै हुन् । आशाराम, राम रहिमका कुरा त सेलाएकै छैनन् । त्यसैगरी वाचन शिरोमणीहरुका लिलाका विषयमा पनि जगजाहेर छ । यसरी हेर्दा के देखिन्छ र बुझ्न पनि सकिन्छ भने धर्म मान्छेको ब्यक्तिगत आस्था हुन सक्छ तर उस्को आस्थालाई मठाधिसहरुले गलत ढंगले प्रयोगमा ल्याएका हुन्छन् । अझ हाम्रो देशको क्रान्तिकारी परिवर्तनलाई नरुचाउने यथास्थिति र पुनरउत्थानवादी तत्वहरुले कतिपय मस्जिदका निहत्था मुलवी गिरजाघरका पादरीहरुलाई पनि निसाना बनाएका थिए ।

हुन त धर्महरु पनि जनताका आँखामा खरानी छर्केर जनतालाई अन्धविश्वासी नशामा लठ्ठ पारी आफ्नो सत्ता टिकाउन सामन्तवादमा रचना गरिएका सञ्जाल कै रुपमा उत्पत्ति भएका हुन् । तर पनि आधुनिक युगमा आएर पनि धर्मकै आडमा बबण्डर मच्चाउने र धर्म कै आधारमा राज्य सञ्चालनको कानून बनाइनु अति नै निन्दनीय कर्म मानिन्छ । अहिलेको धर्म निरपेक्ष संविधान माथि बलात् आक्रमण गर्दै हिन्दु धर्म सापेक्षताको आडमा राजतन्त्र बिउँताउने षडयन्त्रलाई नेपाली जनताले अब छर्लङ्गै बुझिसकेका छन् । धर्म गुरुहरूले पनि जनताको श्रद्धा र विश्वासलाई गलत प्रयोग गर्नु हुँदैन भन्ने हेक्का पनि राख्नु पर्छ भन्ने कुराको दृष्टान्त पछिल्लो श्री निवास गोली काण्डले पुष्टी गरेको छ । सबैको चेतना भया ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes