दमक गोल्ड कप : मनाङ सामु सरस्वती युथ क्लव निरीह - Pahilo Online

दमक गोल्ड कप : मनाङ सामु सरस्वती युथ क्लव निरीह

writer

पहिलो अनलाइन

दमक । झापाको दमकमा जारी दमक गोल्ड कप फुटबल प्रतियोगिताअन्तर्गत सोमबारको खेलमा मनाङ मर्स्याङ्दी क्लबले सरस्वती युथ क्लवमाथि फराकिलो जीत निकालेको छ।

सरस्वतीलाई सुरुदेखि नै नियन्त्रणमा राखेको मनाङले शून्यका विरुद्ध ५ गोल गरेको हो। सोमबारको पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएको थियो। मनाङका लागि सुजल श्रेष्ठले २ तथा विमल बस्नेत, तीर्थ बस्नेत र सुवास गुरुङले १/१ गोल गरेका थिए।

खेलको ४९औँ मिनेटमा सुजलले पहिलो गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए। ६१औँ मिनेटमा विमलले गोल गर्दै टिमको अग्रता दोब्बर पारेका थिए। ८५औँ मिनेटमा तीर्थ बस्नेतले तथा लगत्तै ८६औँ मिनेटमा सुवासले गोल गर्दै मनाङको अग्रता ४–० अवस्थामा पुर्‍याएका थिए।

खेलको इन्जुरी समयमा पुनः सुजलले गोल गर्दै मनाङको जीत ५–० ले सुनिश्चित गरे। खेलमा दुई गोलकर्ता सुजल श्रेष्ठ म्यान अफ द म्याच घोषित भए। उनले नगद ११ हजार रुपैयाँ प्राप्त गरे। प्रतियोगितामा मंगलबारदेखि सेमिफाइनलका खेलहरू सुरु हुनेछन्।

गोल्ड कपको पहिलो सेमिफाइनलमा मंगलबार नेपाल पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफबीच प्रतिस्पर्धा हुनेछ। दमक नगरपालिका, नगर खेलकुद विकास समितिले आयोजना गरेको गोल्ड कप बैशाख २८ गतेसम्म चल्नेछ। प्रतियोगिताको विजेताले नगद १३ लाख ११ हजार तथा उप विजेताले छ लाख रुपैयाँ प्राप्त गर्ने गोल्ड कप प्रचार प्रसार संयोजक चन्द्र खत्रीले जानकारी दिए।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes