शरणार्थी परिवारलाई नेपाली नागरिकता - Pahilo Online

शरणार्थी परिवारलाई नेपाली नागरिकता

writer

पहिलो अनलाइन

विर्तामोड । झापामा रहेका भुटानी शरणार्थी र भुटानी नागरिकले झुटा बिवरण पेश गरेर जिल्ला प्रसाशन कार्यालय झापाबाट बंशजका आधारमा नेपाली नागरिकता प्रमाणपत्र लिएको रहस्य खुलेको छ ।

झुटो बिवरण पेशगरी नागरिकता लिने भुटानी बिरुद्ध कानुनी कार्वाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा लिखित उजुरी परेपछि यस्तो रहस्य खुलेको हो ।

गत पुस ३ गते भुटानी शरणार्थी र केही भुटानी नागरिकले भुटो बिवरण पेश गरी नेपाली नागरिकताको प्रमाणपत्र लिएको भन्दै इलामको रोङ गाउँपालिका निवासी देबेन्द्र खड्काले प्रशासनमा उजुरी दर्ता गराएका थिए । तर, जिल्ला प्रशासन कार्यालय झापाले सो विषयमा छानविन अगाडि नबढाएको उनको आरोप छ ।

भुटानी शरणार्थी सहदेव बिष्टले सविकको धरमपुर गाबिस वडा नम्बर २ बाट नेपाली नागरिक स्थानीय भक्तबहादुर बिष्टलाई बाबु बनाई बंशजका आधारमा नागरिकता लिएको भन्दै खड्काले उजुरी दिएका थिए । झापाको बेलडागी भुटानी शरणार्थी शिबिर सेक्टर २ हट नम्बर आइ १ अब्लिक ०३३ एक्सका शरणार्थी बिष्टले बंशजका आधारमा नेपाली नागरिकता प्राप्त गरेको उनको दावी छ ।

सहदेब सोही ठेगानामा बस्ने शरणर्थी किर्तिमान बिष्टका छोरा हुन् । उनले जिल्ला प्रसाशन कार्यालय झापाबाट बंशजका आधारमा ९७७३०÷७३७७ नम्बरको नेपाली नागरिकता लिएका छन् । उनले सोही नागरिकताका आधारमा आफ्ना भाईहरु तथा शरणार्थी किर्तिमानका छोराहरु भुटानी नागरिक गोपाल र जीवन बिष्टलाई समेत नेपाली नागरिकता दिलाएको उजुरीमा उल्लेख छ ।

सहदेवले गोपाल र जीवन पनि भक्तबहादुरकै छोरा तथा आफ्नै सहोदर भाइहरु रहेको भन्दै २०६२ साल बैशाख ३० गते सनाखत गरी बंशजको नागरिकता दिलाएको पाइएको छ । भाइहरुको नागरिकता लिँदा भने उनले साबिकको धरमपुर गाबिसबाट २०६१ चैत्र ११ गते साबिकको शनिश्चरे गाबिस वडा नम्बर ९ मा बसाई सरेको कागजात बनाएर दर्ता गराएका थिए ।

शनिश्चरे गाविसमा बिष्टले बसाईसराई दर्ता गर्दा भक्तबहादुर र उनकी श्रीमतीसहित जम्मा १४ जनाको पारिवारिक बिवरण बुझाएका छन् । जीवन र गोपालको नागरिकता लिदा सहदेबले पोल खुल्ने डरले प्रहरी सर्रजमिन र पञ्चकिर्ते मुचुल्कासमेत गराएर जिल्ला प्रशासन कार्यालयमा पेश गरेको पाइएको छ ।

सहदेवले आफ्नो फर्जी नागरिकताको आधारमा जीवन, गोपाल र आफ्नै पत्नी कल्पनाका साथै छोराछोरीकोसमेत नागरिकता बनाइदिएका छन् । बंशंजका आधारमा नेपाली नागरिकता लिएका गोपाल, जीवन र उनिहरुका परिवार अहिले पनि भुटानमै बस्दै आएका छन् भने सहदेव शरणार्थीहरुको तेस्रो मुलुक पुनर्वास कार्यक्रम अन्तर्गत अमेरिका गएको युएनएचसिआरको अभिलेखमा उल्लेख रहेको छ ।

सहदेबले लिएको किर्ते नागरिकताको कारण १३ वटा नागरिकता बनिसकेको पाइएको छ । तर, प्रशासनले त्यसको छानविनसमेत गरेको छैन । जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेल भने उजुरीको बारेमा जानकारी नभएको भन्दै बुझेर छानविन थाल्ने प्रतिक्रिया दिनुभएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes