आधार शिविरदेखि बाटो खुल्यो - Pahilo Online

आधार शिविरदेखि बाटो खुल्यो

writer

पहिलो अनलाइन

सोलुखुम्बु । विश्वकै सर्बोच्च शिखर सगरमाथा आरोहणको लागि आधार शिविरदेखि क्याम्प चारसम्मको बाटो खुलेको छ ।

सगरमाथा आरोहणका लागि प्रयोग गरिने क्याम्प चारसम्मको बाटो खुलिसकेको सगरमाथा आरोही किताबसिं तामाङले जानकारी दिनुभयो ।

सगरमाथा आधार शिविरदेखि क्याम्पचारसम्मको बाटो बनाइसकेर अधिकांश आरोही क्याम्प ३ सम्म पुगिसकेका छन् । अहिले आरोही क्याम्प एक, दुई, तीन हुँदै क्याम्प चारसम्म धमाधम गइरहेको आरोही तामाङले बताउनुभयो ।

आधार शिविरदेखि क्याम्प दुईसम्मको बाटो सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले निर्माण गरेको छ भने क्याम्प दुईदेखि चारसम्मको बाटो विभिन्न ट्रेकिङ कम्पनीले निर्माण गरेका हुन् । मौसम रिपोर्टअनुसार मे ५ देखि ८ सम्म ६ हजार मिटर माथि अत्यधिक हावा चल्ने भएकाले अहिले अधिकांश आरोही सगरमाथा आधार शिविरमा झरेको पर्यटन विभागका सूचना अधिकारी रामप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

आरोही हाईअल्टीच्यूट पचाउनको लागि सबैभन्दा पहिला क्याम्प चारसम्म पुग्ने र पुनः आधार शिविरमा फर्केर आराम गरिसकेपछि सगरमाथाको चुचुरोमा जाने गर्छन् । क्याम्प चारदेखि माथि चुचुरोसम्मको बाटो कुन माउण्टेरिङ गाइडले निर्माण गर्ने भन्ने विषयमा अझै छलफल भइरहेको बताइएको छ ।

क्याम्प चारदेखि सगरमाथाको चुचुरोसम्म डोरी टाँगिसकेपछि आरोहण सुरु गरिन्छ । पर्यटन विभागका अनुसार यस वर्षको वसन्त ऋतुमा १५ जना नेपाली महिलासहित ३४६ जनाले सगरमाथा आरोहणको अनुमति लिएका छन् ।

सगरमाथा आरोहणका लागि ३४ वटा विदेशी समूहका ३२६ जना र चार वटा नेपाली समूहका २० जना आरोही रहेको पर्यटन विभागले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes