प्रेस स्वतन्त्रता खतरामा : आचार्य - Pahilo Online

प्रेस स्वतन्त्रता खतरामा : आचार्य

writer

पहिलो अनलाइन

विराटनगर । नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रेस स्वतन्त्रतामा अंकुश लाग्ने खतरा बढ्दै गएको बताउनु भएको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा महासंघले बिहीबार बिहान राजधानीमा गरेको प्रभातफेरीपछिको सभालाई सम्बोधन गर्दै अध्यक्ष आचार्यले राज्यद्वारा नै स्वतन्त्र प्रेसमाथि अंकुश लगाउने कोसिस भइरहेको बताउनु भयो ।

संविधानमा पूर्ण प्रेस स्वतन्त्रता लेखिएको भए पनि व्यवहारमा अझै पनि प्रेस स्वतन्त्र हुन नसकेको भन्दै उहाँले प्रेस स्वतन्त्रताका पक्षमा एकताबद्ध हुन सबैलाई आह्वान गर्नुभयो । राज्यले नीतिगत रूपमा कानुन बनाएर प्रेस स्वतन्त्रता हनन गर्ने कोसिस गरिरहेको दाबी गर्दै आचार्यले आगामी भदौदेखि कार्यान्वयनमा आउने फौजदारी संहितामा पत्रकारले कुनै विषयमा लेख्यो भने त्यसविरुद्ध मुद्दा लगाउने, जेल हाल्ने र लाखौं रुपैयाँ जरिवाना लगाउनेसम्मको प्रावधान राखिएको भन्दै विरोध गर्नुभयो । आचार्यले स्वतन्त्र प्रेसमाथि नीतिगत रूपमा अंकुश लगाउने कदमविरुद्ध एकजुट हुन स्वतन्त्र प्रेसका पक्षधरलाई आह्वान पनि गर्नुभयो ।

यता विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ मोरङ शाखाले विराटनगरमा प्रभातफेरि गरेको छ ।

प्रभात फेरिमा मोरङका अग्रज पत्रकार तथा अधिकारकर्मीको उपस्थिति रहेको थियो । प्रभातफेरि नेपाल पत्रकार महासंघ मोरङका कार्यालयबाट ट्राफिक चोक, महेन्द्र चोक, गुद्री बजार, जलजला चोक हुँदै बजार परिक्रमा गरेको थियो ।

बजार परिक्रमा पछि आयोजित कोणसभामा बोल्दै विराटनगर माहानगरपालिकाका प्रमुख भीम पराजुली, प्रेस चौतारी नेपालका केन्द्रीय लेखा आयोगका संयोजक विक्रम लुईटेल, प्रेस सेन्टर नेपालका सचिव विवेक गौतमलगायतले प्रेस र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा आफ्ना भनाइ राख्नु भएको थियो ।

यसैबीच प्रेस स्वतन्त्रता दिवसकै अवसरमा मोरङको उर्लाबारीमा चियापान तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

बिहीबार सञ्चार क्लब नेपालले चियापान तथा अन्तरक्रिया कार्यक्रम गरेको हो । क्लबका अध्यक्ष सरोज बस्नेतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संस्थापक अध्यक्ष दुर्गाप्रसाद खतिवडा, पूर्वअध्यक्ष जगन्नाथ भट्टराई, प्रेस चौतारी मोरङका पूर्व उपाध्यक्ष मिलन के राउतलगायतले बोल्नु भएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes