दमक गोल्डकप : मदन भण्डारी विजयी - Pahilo Online

दमक गोल्डकप : मदन भण्डारी विजयी

writer

पहिलो अनलाइन

दमक । बुधबारदेखि सुरु भएको दमक गोल्डकपकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा मदन भण्डारी स्पोर्टस् एकेडेमी विजयी भएको छ।

एकेडेमीले झापा–११ लाई गृह जिल्लामा ४–० गोलले पराजित गरेको हो। पहिलो दिनको विजेता मदन भण्डारी प्रतियोगिताको दोस्रो चरणमा पुगेको छ। मदन भण्डारीका लागि विदेशी खेलाडी म्यापवेल इलोनले २ तथा प्रकाश बुढाथोकी र अर्का विदेशी खेलाडी आबाले एक–एक गोल गरेका थिए।

बुधबारको खेलमा झापाले आशातित् खेल पस्किन सकेन। खेलमा गोल गर्ने अवसर भने पहिला झापाले पाएको थियो। उसले खेलको तेस्रो मिनेटमा पाएको पेनाल्टी अवसरलाई गोलमा परिणत गर्न सकेन। कप्तान कर्ण लिम्बूले गरेको पेनाल्टी प्रहार गोलपोष्टको बारमा लागेर फर्किएको थियो।

बुधबारको खेलमा विजेता मदन भण्डारीका सौजन राई म्यान अफ द म्याच घोषित भए। उनले नगद ११ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा बिहीबार आयोजक दमक नगरपालिकाको टिम र रुपन्देही–११ बीच खेल हुनेछ। वैशाख २८ गतेसम्म चल्ने प्रतियोगिताको बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको हो ।

प्रतियोगिताको विजेताले नगद १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख ११ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes