‘पोलिटिक्स फर डेभलप्मेन्ट’ सिद्धान्त आवश्यक - Pahilo Online

‘पोलिटिक्स फर डेभलप्मेन्ट’ सिद्धान्त आवश्यक

writer

सुभाष चन्द्र विराजी

जब राष्ट्रिय जनता पार्टी नेपाल गठन भयो, त्यसको मूल उद्देश्य मधेश आन्दोलनको उपलब्धीलाई संस्थागत गर्नु थियो । जुन उद्देश्यका लागि ६ वटा अलग–अलग पार्टी चलेको थियो पछि एक ठाउँमा आएर एउटा पार्टी गठन भयो । तर त्यो उद्देश्यबाट राजपाका नेताहरू अगाडी नबढेपछि हामीलाई के लाग्यो भने यो ठाउँमा बसेर यो देशका लागि, मधेशका लागि केही गर्न सकिन्न । त्यसकारणले हामीले छलफल गरेर पार्टीबाट अलग भएर बस्ने निर्णय गरेका हौं ।

पार्टीभित्रैका नेतृत्वसँग छलफल नभएको पनि कुरा नभएको होइन । तर राजपाका ६ जना नेताहरू एक ठाउँमा आउँदा जसरी समन्वय हुनुपर्ने हो, जुन उद्देश्यका साथ पार्टी गठन गर्ने समयमा जनतामा प्र्रतिबद्धता गरेका थिए, त्यो प्रतिबद्धता अनुसार गर्न सकेनन । त्यसो गरेको भए र हामी युवाहरू केही नयाँ होस् भनेर नै राजपामा लागेका थियौं । उनीहरूले के का लागि राजनीति गर्न लागेका हुन भन्ने देखाउन सकेनन । यदि राजनीति गरेर जनतालाई फाइदा छैन भने त्यस्तो राजनीति किन गर्ने ? त्यसकारण हामीलाई के लाग्यो भने यो ठाउँमा बसेर हामीले उनीहरूलाई धेरै पटक भन्यौँ तर नमानेका कारण बाध्य भएर हामी हट्नुपर्ने अवस्था आयो ।

नयाँ पार्टी गठन गर्नका लागि भित्र त धेरै पहिलेदेखि नै उकुसमुकस थियो । कुनै पनि व्यक्तिले पार्टीका लागि, जनताका लागि काम गर्छ, राजनीति गर्छ भने एउटा उद्देश्य प्राप्तिको लागि काम गर्छ । किन हामीले राजनीति गरिरहेका छौँ ? यदि राजनीति गरेर जनतालाई फाइदा हँुदैन भने त्यस्तो राजनीति हामी नगरौँ भन्छु म । जुन उद्देश्यका लागि हामी त्यहाँ गएका थियौँ त्यो उद्देश्य पूरा नभए पछि सधै जनतालाई मार्न, आन्दोलनमा उर्तान र जनतालाई उक्साएर आफूलाई भने राजनीतिक सेटलमेन्ट होस् र आफू जितेर सत्तामा पुगौं भन्ने मात्र हो भने त उनीहरूले कस्तो राजनीति गरेका हुन भन्ने थाहा नै होला तर हामी भने फरक किसिमको राजनीति गर्ने सोच बोकेर आएका छौँ । एकाईसौँ शताब्दीमा आएर पनि पहिलेको जस्तो राजनीति गरियो भने सफल भइन्छ जस्तो मलाई लाग्दैन ।

राजपा नेपालको नेतृत्व मन नपर्नुको धेरै कारण छन् । सर्वप्रथम त राजपाका ६ शीर्ष नेताहरू एक ठाउँमा आउँदा त्यसलाई हामीले स्वागत ग¥यौं । हामी सबै युवा त्यसमा आबद्ध भयौँ । त्यस समयमा उनीहरूले मधेश र मधेशीका लागि केही उल्लेखनीय काम गर्छन कि भन्ने लागेको थियो र हामीलाई विश्वास पनि थियो तर एक वर्ष बितिसक्दा पनि ती नेताहरू केही गर्न सकेनन ।

यो अवधिमा आन्दोलन मात्र भयो । त्यस आन्दोलनमा सर्वसाधरण जनताको मृत्यु भयो । त्यति मात्र होइन राजपा पार्टी स्थापित भइसकेपछि निर्वाचनको समयमा आन्दोलनबाट मृत्यु हुनेको परिवारको अवस्था हेरेर टिकट वितरण गर्नुपर्नेमा त्यस्तो केही भएन । ६ नेताहरूले पार्टी नचलाएर परिवार चलाएको जस्तो गरेका छन् । पार्टीका लागि संघर्ष गर्ने मान्छे हुँदा हुँदै पनि आफ्नो मान्छेलाई टिकट वितरण गरियो । नातावाद, कृपावादलाई अंगालेर आफ्ना परिवारको बारेमा मात्र हेरेर पार्टी चलाउने पक्षमा उनीहरू छन् ।

हाम्रो पार्टीको मूल उद्देश्य भनेको देशमा कस्तो किसिमको लोकतन्त्रको आवश्यकता छ त्यसमा स्पष्ट हुने हो । समाजमा विभिन्न किसिमका विकृति छन् । हामी राष्ट्रियताको कुरा गर्छौ । वास्तवमा हामी यहि देशमा बसेर राष्ट्रियता बनाउनुपर्न जरूरी छ । जब हामी नेपाल बाहिर जान्छौँ, हाम्रो परिचय भनेको नेपाल हो । जब हामी काठमाडौं जान्छौँ, हाम्रो परिचय जन्म जिल्ला हुन्छ, हामी जिल्लामा जान्छौँ तब गाउँ भन्छौँ । त्यसैले हरेक दृष्टिबाट राष्ट्रियता झल्केको हुन्छ । त्यसकारण राष्ट्रियतालाई कुनै पनि हालतमा छोड्नु हुँदैन ।

हाम्रो लक्ष्य भनेको लोकतन्त्र, राष्ट्रियता र समाजवाद हो । समाजमा जुन किसिमको विकृति रहेको हुन्छ, जात–जातबीचको द्वन्द्वलाई कसरी मिलाउने, हामी आफैमा रहेको द्वन्द्वबाट कसरी अगाडी बढ्ने, कसरी देशमा विकास गर्ने भन्ने विषयलाई प्राथमिकतामा राखेर हामी अगाडी बढ्छौँ ।

हामीले अलग पार्टी बनाउँदा निराश हुने कुरा छैन । के चुनावका लागि मात्र आन्दोलन ? चुनाव जितेर आएको लामो समय हुँदा पनि अझैसम्म पनि गोन्जागोल छ ? जनता धेरै सजग भइ सकेका छन् । जनता अब पहिलेका जस्ता छैनन् । जनताले आफ्नो अधिकारको लागि आवाज उठाउँछन् । यदि आफू सहि बाटोमा हिंडेको छ भने त्यसमा साथ दिने मान्छे लाखौँ हुन्छन् । यसमा विश्वस्त छु ।

हामीले अहिले ३३ जनाको केन्द्रीय समिति बनाएका छौं । वास्तवमा यो त अहिले सुरूवात मात्र हो । धेरै साथी आउन खोजि रहेका छन् । हरेक जिल्लामा हाम्रो कमिटि हुनेछ । जिल्ला र केन्द्र बीच समन्वय हुनेछ । हामीले त्यहाँबाट छनौट गरेर नेता तथा कार्यकर्ता ल्याउनेछौँ । त्यसकारण देश प्रेम, मधेश प्रेम, हिमाल पहाड र तराई जोड्ने व्यक्ति नै छनौट गर्नेछौँ । किनभने जबसम्म हामी एक हुँदैनौँ तबसम्म हाम्रो राष्ट्रियता कमजोर रहन्छ । यो सबै कुरालाई मिलाएर हामी अगाडी बढ्नेछौँ । केन्द्र र जिल्ला, जिल्ला र गाउँबीच राम्रोसँग समन्वय गरेर टिम बनाउनेछौँ र त्यो टिमले केन्द्र स्तरसम्म काम गर्नेछ ।

पार्टी भित्र आउन धेरै साथीले इच्छा देखाएका छन् । हामीले पनि आह्वान त गरेकै छौँ । तर कसलाई प्रवेश गराउने भन्ने कुरा हामीले निर्धारण गर्नेछौँ । यसमा हामी प्रक्रियात्मक रूपमा अगाडी बढ्नेछौँ । जुन व्यक्तिलाई जुन उपयुक्त हुन्छ त्यहि नै जिम्मेवारी सुम्पिदा हाम्रो पार्टी सफल हुन्छ जस्तो मलाई लाग्छ ।

यदि शरीरको कुनै ठाउँमा समस्या आयो भने त्यसलाई हामीले तुरून्तै उपचार गरेर समाधान गर्नु पर्दछ । यदि समयमा उपचार गरेन भने अंगभंग वा मृत्यु नै हुन सक्छ । त्यस्तै आफूमा नमिलेका वैचारिक कुराहरू छन् भने पहिले आफूबाट नै सुर्धान जरूरी हुन्छ । आफू नसुध्रिने अरूलाई भने दोष दिइरहने । राजपाका ६ शीर्ष नेतालाई अहिले अहम् छ ।

त्यसकारण यो सोचले न देशको विकास हुन्छ, न मधेशको विकास हुन्छ । विकास त हुन्छ तर व्यक्तिगत विकास हुन्छ । उनीहरूले गरेको कर्मको फल त मिल्छ नै । जहाँसम्म पार्टी विभाजनको कुरा हो, यदि कुनै ठाउँ फोहोर छ भने पहिले त्यो ठाउँ सफा बनाउनुपर्छ । यदि सफा बनाउँदा बनाउँदै पनि सफा भएन भने छुट्टै ठाउँमा गएर बस्नुपर्ने हुन्छ । त्यसकारण हामी पनि यहि अवधारणा अनुसार पार्टीबाट बाहिर निस्केर देश र जनताको हक हितका लागि सच्चा देशभक्त भएर राजनीति गर्नेछौँ । राजनीति भनेको पैसा कमाउने ठाउँ होइन, सेवा गर्ने ठाउँ हो । यदि हामीमा सेवाको भावना छैन भने राजनीति नगरे पनि हुन्छ । हामीले यहि प्रतिबद्धता गरेर अगाडी बढ्नेछौँ ।

(मधेश दर्पण फिचर सेवा)

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes