बाढी पीडितद्वारा वडा कार्यालयमा ताला - Pahilo Online

बाढी पीडितद्वारा वडा कार्यालयमा ताला

writer

पहिलो अनलाइन

विराटनगर । बाढी गएको वर्ष बित्न लाग्दा पनि पीडितले अझै क्षतिपूर्ति र राहत पाउन नसकेको भन्दै विराटनगरको वडा नम्बर ५ का स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।

वडा कार्यालयले वास्तविक पीडितको नाम सिफारिस नगरेको र राहत नपाएको भन्दै उनीहरुले बुधबार वडा कार्यालय र जनप्रतिनिधिलाई घेराउसमेत गरेका छन् ।

वास्तविक पीडित आफुहरु भएपनि जनप्रतिनिधिहरुले आफुहरुको नाम सिफारीस गरेर नपाएको उनीहरूको आरोप छ । पीडितलाई छाडेर वडाका जनप्रतिनिधिले कार्यकर्ता खुसिपार्नका लागि गैर पीडितको नाम राहतका लागि सिफरिस गरेको उनीहरूको आरोप छ ।

पाँच नम्बर वाडका वडा सदस्यहरुले वास्तविक पीडित छुटेको स्विकार गर्दै नाम सिफारिस गरिएको विषयमा आफुलाई कुनै जानकारी नै नदिएको बताएका छन् । ५ नम्बर वडाका वडा सदस्य सुदर्शन भट्टराई र राधादेवी पासवानले विभेद भएको हुनसक्ने भन्दै असन्तुष्टि जनाएका छन् ।

यता वडा अध्यक्ष मीन आचार्यले भने वडाका सबै टोलबाट आएको ५ सय बाढीपीडितका नामलाई भदौमै आफूले महानगरपालिकामा सिफारिस गरेको भएपनि महानगरपालिकाले २ सय ९६ को मात्रै सिफारिस गरेको बताउनु भयो ।

बाढीपिडितको नाम पठाउने बेलामा आफुले वडा सदस्यसगै दलका प्रतिनिधिसँग पनि छलफल गरेको उहाँको भनाइ छ । बाढीपीडितहरू अझै छुटेको कुरा स्वीकार गर्दै उहाँले यस विषयमा आफूले महानगरपालिकामा पहल गरिरहेको बताउनुभयो । महानगरपालिकाले सम्पूर्ण वडाहरूबाट संकलन गरेको तथ्यांक अनुसार बाढीका कारण ५ हजार ४ सय ३६ घर पूर्णरुपमा क्षति भएको छ ।

राहातका लागि केन्द्र सरकारले विराटनगर महानगरपालिकामा १३ करोड ५९ लाख रुपैयाँ पठाएको छ । गत साउनको अन्तिम साता आएको बाढीले विराटनगर महानगरपालिकाको धेरै वडामा क्षति पु¥याएको थियो । केसलिया र सिंघिया खोला किनारमा रहेको सुकुमवासी वस्तीका अधिकांश घर बाढीले बगाएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes