घूससहित नायब सुब्बा पक्राउ - Pahilo Online

घूससहित नायब सुब्बा पक्राउ

writer

पहिलो अनलाइन

सप्तरी । जिल्ला समन्वय समिति सप्तरीका नायव सुब्बा युगेश्वर यादव घुससहित पक्राउ परेका छन् ।

सप्तरीको राजविराजस्थित समितिको कार्यालयमा १ लाख ३५ हजार रुपैयाँ घूस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले उनलाई बुधबार पक्राउ गरेको हो ।

जिल्लाको भारदह–त्रिकौल सडक खण्डमा निर्माण गरिने पुलको ठेक्का पाएका व्यक्तिसँग कमिसन वापतको घूस लिँदै गर्दा यादवलाई पक्राउ गरिएको अख्तियारको टोलीले जानकारी दिएको छ । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको अख्तियारले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes