विराटनगर । ‘म्यान अफ द वल्र्ड नेपाल २०१८’ को लागी विराटनगरमा पनि अडिसन दिएका छन् ।
जुम इन इभेन्टसको आयोजनामा ‘म्यान अफ द वल्र्ड नेपाल २०१८’ हुन लागेको प्रतियोगितामा मंगलबार १६ जनाले अडिसन दिएका छन् । अन्तराष्ट्रिय पुरुष सौन्दर्य प्रतियोगिता म्यान अफ द वल्र्डको फ्रेन्चाईज हो ।
म्यान अफ द वल्र्ड नेपाल २०१८ ले प्राप्त गर्ने क्राउन प्रतियोगिताका लागि प्रतिस्पर्धी अडिसन मार्फत छनौट हुनेछन् । अडिसन धरान, विराटनगर चितवन पोखरा र काठमाडौंमा हँुदैछ ।
विराटनगरमा भएको अडिसनको निर्णयकमा अनुपमा बाँस्तोला, ईश्वर बास्कोटा, सन्तोष आचार्य, र दिपक भटट्राई रहेका थिए । प्रतियोगिताको विजेताले क्राउन र यस ैवर्ष फिलिपिन्समा आयोजना हुने म्यान अफ द वल्र्डमा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाउन पाउने छन् ।