बुधबारदेखि दमक गोल्डकप हुने - Pahilo Online

बुधबारदेखि दमक गोल्डकप हुने

writer

पहिलो अनलाइन

दमक । झापाको दमकमा दमक गोल्डकप बुधबारदेखि सुरु हुँदैछ । प्रतियोगीताको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ ।

नगरपालिका अन्तर्गतको दमक नगर खेलकुद विकास समितिको आयोजनामा दमक गोल्डकप हुन लागेको हो । प्रतियोगितामा प्रदेश–१ कै सर्वाधिक पुरस्कार राशी राखिएको आयोजकको दाबी छ ।

प्रतियोगिताको उपाधि विजेताले १३ लाख ११ हजार रुपैयाँ पाउनेछन् भने प्रतियोगिता सम्पन्न गर्न एक करोड ३६ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको आयोजक प्रचार समिति संयोजक चन्द्र दाहालले जानकारी दिनुभयो ।

दमक गोल्डकपले दमकको राष्ट्रिय पहिचान स्थापित गर्न पनि सघाउ पु¥याउने अपेक्षा गरिएको खेलकुद विकास समितिका अध्यक्ष केन्द्र प्रसाईंले बताउनु भयो ।

प्रतियोगितामा झापा ११, मनाङ् मस्र्याङ्दी, त्रिभुवन आर्मी, सशस्त्र प्रहरी, नेपाल पुलिस, थ्री स्टार, सरस्वती क्लब, रूपन्देही ११, मदन भण्डारी स्पोर्टस एकेडेमी र आयोजका टिम सहभागी हुने भएका छन् । वैशाख २८ मा फाइनल हुने प्रतियोगिता दमकस्थित दमक बहुमुखी क्याम्पसको खेल मैदानमा हुनेछ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes