छुट्टा–छुट्टै दुर्घटनामा चार जनाको मृत्यु - Pahilo Online

छुट्टा–छुट्टै दुर्घटनामा चार जनाको मृत्यु

writer

पहिलो अनलाइन

 

विराटनगर । तीव्र गतिमा काठमाडौंतर्फ हिंडेको ‘हाइस’ माइक्रो अनियन्त्रित भई मोरङको सुन्दरहरैचा–५ ठडिँयाचोकमा सोमबार दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भिर घाइते भएका छन् ।
दुर्घटनामा परी मृत्यु हुनेमा झापा भद्रपुर–१५ की ५१ वर्षीय उमा निरौला र सोही ठाउँका ५२ वर्षीय श्यामा कार्कीको उपचारको क्रममा मृत्यु भएको मोरङ ट्राफिक प्रहरीले जनाएको छ ।

झापाको भद्रपुरबाट काठमाडौं जाँदै गरेको बा ४ ख ६९१९ नम्वरको माइक्रो सुन्दरहरैंचाको ठडीया चौकमा दुर्घटना भएको थियो । अनियन्त्रित भइ विपरीत दिशातर्फ गइ रुखमा ठोकिँदा सवारी चालक दमक ५ बस्ने ५० वर्षीय धिरज न्यौपानेसहित तीन जना गम्भीर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी सहायक निरीक्षक तुलामणि आचार्यले जानकारी दिनुभयो । गम्भिर घाइते हुनेहरूमा धनुषाको मिथला–८ का २२ वर्षीय दिपक पाण्डे र दमक–९ का ४० वर्षीय नरमाया तामाङ रहेका छन् । उनीहरूको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार १३ जना सवार रहेको सो माइक्रोमा सामान्य घाइते ७ जना रहेका छन् । उनीहरूको उपचार बिपी कोइराला विज्ञान प्रष्ठिान धरानमा उपचार भइरहेको छ ।

यसैबीच मोरङको ग्रामथान गाउँपालिका ३ मा भएको दुर्घटनमा परी जहदा गाउँपालिका ३५ वर्षिय विनोद साह र झापाको ५० वर्षिय जयसिंह राजवंशीको मृत्यु भएको छ । उनीहरुको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार गर्ने क्रममा मृत्यु भएको हो । पुष्पलालचोकदेखि विराटचोक जोड्ने सडक खण्ड अन्तर्गत ग्रामथान गाउँपालिकाको कौसलीया चौकमा को १ च ७५०६ नम्बरको पिकअप भेनलाई बा. १६ च ९३९८ को कारले ओभर टेक गर्न खोज्दा दुर्घटना भएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes