किन हुँदैछ वैशाखमा वर्षा ? - Pahilo Online

किन हुँदैछ वैशाखमा वर्षा ?

विराटनगरमा प¥यो ३२ मिलिमिटर पानी, ओखलढुंगामा सबैभन्दा बढी ३४ मिलिलिटर पानी परेको छ

writer

पहिलो अनलाइन

विराटनगर । सामान्यतः चैत–वैशाखको महिना मेघ गर्जनसहित वर्षा हुने मौसम हो । तर केही दिनयता अघिल्लो वर्षको तुलनामा केही दिन यता बढी नै वर्षा भएको छ ।

जसले गर्दा बेमौसमीरुपमा मनसुन लामो समयसम्म बद्ली गराउने प्रणालीको विकाससमेत गराएको छ । समयदेखि नेपालको मौसम बद्लीसँगै वर्षा पनि भएको मौसमविद्ले बताएका छन् ।

जलवायु तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद मन्जू बाँस्कीका अनुसार गएका बर्षमा भन्दा यस वर्ष यो सिजनको मौसम अलि फरक रहेको बताउनु भयो । ‘यो सिजन भनेको मेघ गर्जनसहित पानी आउनु पर्ने हो तर मनसुनको बेलामा जस्तो पानी आइरहेको छ,’ उहाँले भन्नुभयो, ‘हामीले पनि यो मौसमलाई अलि फरक तरिकाले हेरिरहेका छौं ।’ पश्चिमी वायुको प्रभावसँगै न्यूनचापीय क्षेत्र मा रेखा बन्ने क्रममा हाल मौसमा परिवर्तन आएको हुनाले अझै दुई÷तीन दिन मौसम बदली हुने समेत मौसमविद् बाँस्कीले बताउनु भयो ।

‘यो सुक्खा मौसम हो, जसले गर्दा यस सिजनमा मेघ गर्जन धेरै पानी कम पर्नु पर्ने हो । तर मनसुनमा जस्तै पानी परिरहेको छ,’ उहाँले भन्नुभयो, ‘त्यसैले यो परिदृश्यलाई जलवायु परिवर्तनसँग जोड्न सकिन्छ, यकिन चाहीँ अनुसन्धान नभई भन्न सकिन्न ।’ मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आइतबार काठमाडांैं उपत्यकाको अधिकतम तापक्रम २२ डिग्री र न्यूनतम १४ डिग्री सेल्सियस रहेको थियो । भने सबै भन्दा धेरै ओखलढुंगामा ३४ मिलिमिटर पानी परेको छ । केहीदिन यता मेघ गर्जन सहित ठूलो पानी परिरहेको छ ।

वैशाख महिनामा हल्काफुल्का पानी पर्ने भएपनि यो वर्ष व्यापक पानी परहेको हो । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यका लगायत देशभर पानी परिरहेको छ । यस्तै धनकुटामा २५ मिलिमिटर पानी परेको छ । यस्तै विराटनगरमा ३२ मिलिमिटर पानी परेको छ भने दाङ, सिमरा, भैरहवामा क्रमश २४, २७, २२ मिलीमिटर पानी परेको छ ।

गएको २४ घन्टामा सबै भन्दा कम पानी काठमाडौं उपत्यकामा ०.३ मिलिमिटर पानी परेको छ । कम पानी परेपनि काठमाडौं उपत्यकाको मौसम भने केही दिनदेखि धुम्म हँुदै आएको छ । यस्तो मौसमले गर्दा मानिसको स्वास्थ्यमा समेत असर गर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेर शहादुर पुनले बताउनु भयो ।

उहाँका अनुसार बर्खाको सुरुवाती समयमा आएको पानीले रुझाउँदा रुघाखोकी सहित ज्वरो आउने, खानेपानीलाई दुषित बनाउँछ । दुषित पानी सेवन गरे झाडापखला, जन्डिस जस्ता समस्या देखिने भएकोले सचेत हुन पुनले सबैलाई सुझाव दिनुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes