तीन दिनअघि नै बाढीको पूर्व सूचना दिइने - Pahilo Online

तीन दिनअघि नै बाढीको पूर्व सूचना दिइने

writer

पहिलो अनलाइन

काठमाडौं । देशका ठूला नदीनालामा आउन सक्ने बाढी तथा हिमताल विष्फोटनलगायतका कारणले हुनसक्ने बाढीको पूर्वजानकारी प्राप्त हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागले जारी गरेको मनसुन आपतकालीन कार्ययोजना २०७५ मा तीन दिन अघिनै ठूला नदी प्रवाहमा हुनसक्ने बाढीको जानकारी दिने उल्लेख गरेको छ ।

मनसुन सुरु भएसँगै विभागले मनसुन आपतकालिन कार्ययोजना जारी गरेको हो । विकसित देशमा जस्तै वर्षात्, बाढीलगायतको जानकारी दिनका लागि विभागले प्रविधिको विकास गरेको जनाएको छ ।

देशका बाढी प्रभावित विभिन्न नदी नालाको बाढी अनुगमन तथा पूर्वानुमान गर्न, हिमताल विष्फोट वा अन्यकारणले उत्पन्न हुनसक्ने बाढीसमेतको लागि सूचना प्रवाह गर्न बाढी पूर्वानुमान शाखा मनसुनको अवधिभर २४ सै घण्टा खुला रहने भएको छ ।

देशका मुख्य नदीनाला कोशी, गण्डकी, कर्णाली, बागमती र पश्चिम राप्ती लगायतको बाढी पुर्वानुमान तीन दिन अगावै गर्ने गरि कम्प्युटर मोेडेलको विकास गरिएको शाखाको दाबी छ । यी ठूला नदीको बाढी पूर्वानुमान गरि सम्बन्धित सरोकारवालाहरुलाई यस वर्षदेखि विधिवत जानकारी गराइने विभागले जनायो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2023 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes