२ महिनादेखि १५ वर्षे बालक वेपत्ता - Pahilo Online

२ महिनादेखि १५ वर्षे बालक वेपत्ता

writer

पहिलो अनलाइन

बेपत्ता बालक बैजनाथ दास

विराटनगर । विराटनगरमा अध्यनरत सप्तरीका एक बालक गएको फागुन महिनादेखि बेपत्ता भएका छन् ।

सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिका–९ का १५ वर्षीय बैजनाथ दास गएको फागुन २० गतेबाट वेपत्ता भएका हुन् ।

विराटनगरकै सगरमाथा बोर्डिङ स्कुलमा अध्यनरत बालक दास होली पर्वको छुट्टिमा फागुन १६ गते घर गएर आफ्ना फुफाजुसँगै २० गते फर्किएका थिए ।

आफन्तसँगै आफू बस्ने विद्यालयको होस्टलको गेटसम्म आईपुगेका उनी त्यहींबाट वेपत्ता भएको बालकका बुबा कृष्णकुमार दासले जानकारी दिनुभयो । घटनाको विषयमा विराटनगरमा पत्रकार सम्मेलन गरेर जानकारी गराउंदै उहाँले फुफाजुसँगै होस्टलको गेटसम्म पुगेका उनी एक छिनपछि भित्र जान्छु भनेर फुफाजुसँग छुट्टिएपछि वेपत्ता भएको बताउनुभयो ।

त्यसलगत्तै खोजतलासका निम्ति प्रहरीमा निवेदन दिएपनि हालसम्म पत्ता लगाउन नसकेको बालकका बुबा दासले जानकारी दिनुभयो । उहाँले घटनालाई प्रहरीले गम्भीरतापूर्वक नलिएको गुनासो गर्नुभयो । बालक अध्यनरत विद्यालयका संस्थापक अध्यक्ष बासुदेव न्यौपानेले वेपत्ता भएका बालक अध्ययन र खेलकुद सबै हिसाबले अब्बल रहेको जानकारी गराउनुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes