पुनर्जन्म पाएको श्रीनिवासाचार्यको भनाइ - Pahilo Online

पुनर्जन्म पाएको श्रीनिवासाचार्यको भनाइ

writer

पहिलो अनलाइन

विराटनगर । अज्ञात समूहको गोली प्रहारबाट घाइते बन्नुभएका धर्मगुरु स्वामी श्रीनिवासाचार्यले आफूले पुनःर्जन्म पाएको बताउनु भएको छ ।

विराटनगरस्थित न्यूरो अस्पतालकोे उपचारबाट आइतबार डिस्चार्ज लिँदै उहाँले पुनःर्जन्म पाएको भन्दै आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको छ । ‘यो घटनापछि मैले पुनःर्जन्म पाएको महसुस गरेको छु,’ श्रीनिवासाचार्यले भन्नुभयो, ‘मलाई सुभेच्छा प्रकट गर्नुहुने र सहयोग गर्ने सबैप्रति आभारी छु ।’

उहाँले विगतझैं धार्मिक कार्यक्रमलाई आफूले निरन्तरता दिने बताउनुभयो । प्रहरीले घटनामा संलग्न अपराधीलाई छिट्टै पक्राउ पर्ने उहाँको विश्वास थियो । पत्रकार सम्मेलनकैबीच उहाँले आफ्नो उपचारमा संलग्न डाक्टर सुदिप खनिया सहितको टोलीलाई धन्यवाद ज्ञापनगर्दै दोसल्लाले सम्मान गर्नुभयो । अस्पतालबाट डिस्चार्ज भएपछि उहाँ काठमाडौं प्रस्थान गर्नुभएको छ ।

गोली प्रहारबाट घाइते हुनुभएका श्रीनिवासाचार्य विराटनगरस्थित न्यूरो अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । विराटनगरस्थित जतुवामा आयोजित श्रीमद् भागवत पुराणमा सहभागि हुन आउनुभएका उहाँमाथि गएको चैत्र २५ गते गोली प्रहार भएको थियो ।

उहाँको दाहिने छात्तीको माथिल्लो भागमा गोली लागेको थियो । अस्पतालले आइतबार पत्रकार सम्मेलन गरेर सो विषयमा जानकारी गराएको हो । न्यूरो अस्पतालका तुलसी उप्रेतीले विभिन्न चरणको उपचारपछि अवस्था सुधारोन्मुख भएपछि उहाँलाई डिस्चार्ज गरिएको जानकारी दिनुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes