पेस्तोलसहित ६ जना भारतीय पक्राउ - Pahilo Online

पेस्तोलसहित ६ जना भारतीय पक्राउ

ठूलो परिणाममा लागूऔषध बरामद

writer

पहिलो अनलाइन

विराटनगर । ठूलो परिणामको लागूऔषध र १ थान पेस्तोलसहित ६ जना भारतीय नागरिक प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले मंगलबार राति विराटनगर–४ कञ्चनबारीस्थित नोबेल हस्पिटल अगाडिबाट लागूऔषसहित पेस्तोल बरामद गरेको हो ।

प्रहरीले भारत बिहार अररिया बतनाहा–४ का २४ वर्षीय रोहितकुमार शर्मा, सोही स्थानका ३० वर्षीय प्रमोद भन्ने विनोद यादव, भारत बिहार अरिया मिल्की डुमरीया–९ का १८ वर्षीय राजकुमार यादव, सोही ठाउँकी २२ वर्षीय निलमदेवी यादव, अररिया सिमराहाका २६ वर्षीय प्रकाशकुमार दास, रानीगञ्ज बस्ने ३३ वर्षीय रन्जितकुमार शर्मा र बराभत नाजा–७ का ४० वर्षीय सुरज नारायण यादवलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले जानकारी दिनुभयो ।

पक्राउ परेका अभियुक्त र बरादम गरेको लागूऔषध मोरङ प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी सार्वजानिक गरेको हो । पक्राउ परेकामध्ये प्रमोद भनिने विनोद यादवको साथबाट प्रहरीले अमेरिकन अटोमेटिक पेस्तोल एक थान र त्यसमा प्रयोग हुने ६ राउण्ड गोलीसमेत बरामद गरेको छ । विनोद भारतमा अपराधिक क्रियाकलपमा संलग्न व्यक्ति रहेको प्रहरीको दाबी छ । उनीहरू मध्ये विनोद र पक्राउ परेकी निलमदेवी यादव श्रीमान्, श्रीमती हुन् । दम्पत्ती नै लागूऔषधको कारोबारी गर्ने गरेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताएका छन् ।

प्रारम्भिक अनुसन्धानले पक्राउ परेका अभियुक्तहरू लागूऔषधको कारोबारी हुनसक्ने आशंका गरेको र उनीहरूले नेपालमा ल्याएर लागूऔषध महँगोमा बिक्री गर्ने गरेको प्रहरीको दाबी छ ।

भारतीय नम्बर प्लेटका ३ वटा मोटर साईकलमा सवार ७ जनाको साथबाट लागूऔषध एभिल १ हजार ७ सय ७५ एम्पुल, डाइजेलाभ ५ सय थान, स्पास्मो प्रोक्सिभन १ हजार ७ सय ७६ चक्सी, नाइट्रोसन ट्याब्लेट ७ सय २५, लुपिजेसिक ५ सय २५, फेनारागन १ सय २५, डाइलेक्स डिसी १३ बोतल प्रहरीले बरामद गरेको हो ।

पक्राउ परेका अभियुक्तहरूले प्रयोग गर्ने तीन वटा मोटसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले उनीहरूको साथबाट सामसुङ कम्पनीको मोबाइल ४ थान, माइक्रोम्याक्स मोबाइल १ थान, नेपाली रुपैयाँ नगद ८१ हजार रुपैयाँ बरामद गरेको छ । प्रक्राउ परका अभियुक्तलाई बुधबार जिल्ला अदालत मोरङमा म्याद थप गरी लागूऔषध तथा हातहतियार खरखजना अन्तर्गत मुद्दा दर्ता गरेको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes