बमले घाइते बालकको सफल उपचार - Pahilo Online

बमले घाइते बालकको सफल उपचार

writer

पहिलो अनलाइन

विराटनगर । विराटनगर ५ मा रहेको लाइफगार्ड अस्पतालले उदयपुर जिल्ला वडा नम्बर १३ का पारस राईको सफलता पूर्वक शल्यक्रिया र उपचार गरेको छ । बम बिस्फोटमा परी गम्भीर घाइते अवस्थामा अस्पताल ल्याइएका पारसको उपचार सफल भएको अस्पतालले जनाएको छ ।

चैत २८ गते ४ बजे उदयपुरको थरुहट रंगशालाको दक्षिणतर्फ खुला ठाउँमा रातो कपडाभित्र राखिएको बेबारिसे बस्तु खेलाउने क्रममा गम्भीर घाइते भएका बालकको मंगलवार डिस्चार्ज हुँदैछ । अहिलेसम्म बच्चाको उपचारमा ३ लाख खर्च भैसकेको र अब ३ महिना भित्रमा ठूलो आन्द्राको अप्रेशन गर्नुपर्ने पनि अस्पतालले जनाएको छ ।

अस्पतालले अहिलेसम्म बच्चाको उपचारमा लागेको खर्च आफैंले बेहोरेको छ । बालकको शरीर भरी छर्रा लागेर घाउ भएको उनको उपचारमा संलग्न लाइफ गार्ड अस्पतालका डाक्टर अभिषेक चौधरीले जानकारी दिनुभयो । अहिले बच्चाको अवस्था राम्रो भएको उहाँले बताउनुभयो ।

उनलाई बम पड्केर छर्रा लाग्ने बितिक्कै धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याएपनि त्यहाँ उपचार सम्भव नभएपछि विराटनगरस्थित नोवेल अस्पताल हुँदै लाइफ गार्ड अस्पताल ल्याइएको बालकका बुबा मनिकुमार राईले जानकारी दिनुभयो । यता उदपुरका प्रदेश सांसद बिमल कार्कीले उपचारमा लाग्ने सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने जानकारी दिनुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes