धितो राखेको जग्गै बिक्री - Pahilo Online

धितो राखेको जग्गै बिक्री

writer

पहिलो अनलाइन

विराटचोक । श्रीमानलाई विदेश पठाउन आफूसँग भएको ९ कठ्ठा जग्गा धितो पास गरेर ऋण लिएकी मोरङ सुन्दरहरैंचा नगरपालिका बेलेपुरकी पासोकुमारी खवासको जग्गा विक्री भएको खुलासा भएको छ । आफ्नो जग्गा धितो राखेको व्यक्तिले थाहै नदिइ विक्री गरेपछि खवास सुकुम्बासी बनेकी छिन् ।

श्रीमानलाई बैदेशिक रोजगारीमा पठाउनका लागि उनले स्थानीय ओमनारायण राजधामीसँग २०७३ भदौ २४ गते ४ लाख लिएर धितोपास गराएकी थिइन् । सो जग्गा २०७६ साल भदौ २७ गते फिर्ता लिने कागज गरिएको छ । तर विभिन्न मितिमा राजधामीले सो जग्गा ३ जनालाई ३ कठ्ठाको दरले विक्री गरिसकेको पाइएको छ । खवासले आफूले ४ लाख रुपैयाँ मात्र लिएको भएपनि राजधामीले जालसाँजी गरी ४ लाख ३३ हजारको कागज बनाएर फसाएको समेत गुनासो गरेकी छिन् ।

धितो फिर्ता गराउने मिति पनि नजिकिएको र केही रुपैयाँ समेत संकलन गरिरहेको अवस्थामा जग्गा किन्नेले खवाससँग गएर आफूले जग्गा किनिसकेको र सोही जग्गामा रहेको घरसमेत खाली गरिदिन भन्दै दबाव दिन थालेपछि बुझ्दा खेरी आफ्नो जग्गा बिक्री भइसकेको थाहा पाएको बताइन् ।

उनका श्रीमान् अहिले पनि वैदेशिक रोजगारीकै क्रममा रहेका छन् । जग्गा विक्री भएको थाहा पाएपछि खवासले श्रीमान्लाई सुनाइन, बिदा नमिलेका कारण उनी आउन सकेनन् तर उनले राजधामीलाई यो विषयमा बुझ्न पटक–पटक सम्पर्क गर्दा उनी भागेर हिंड्ने गरेको उनले गुनासो गरिन् ।

साविक हरैंचा वडा नम्बर ३ को क कि.नं ६१२ रहेको सो जग्गा राजधामीले ३ जना फरक–फरक व्यक्तिलाई विक्री गरिसकेको पाइएको छ । यस विषयमा बुझ्दा राजधामीले आफूले व्यवहार सल्टाउनका लागी उनीहरूलाई धितो पास गरिदिएको र बैंकले होम लोन बन्द गरेपछि आफू समस्यामा परेको बताएका छन् । उनले आफूले व्यवहार सल्टाउने र जग्गा फिर्ता गरिदिने समेत बताएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes