माइभ्याली गोल्डकप : सिक्किमद्वारा संकटा पराजित - Pahilo Online

माइभ्याली गोल्डकप : सिक्किमद्वारा संकटा पराजित

writer

पहिलो अनलाइन

इलाम । सिक्कीम इलाममा जारी मार्इ भ्याली गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । इलाम बजारको ठूलो टुँडिखेलमा सम्पन्न खेलमा सिएमजी संकटा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सिक्किम क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

सिक्किमले अब विभागीय टिम त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

सिक्किमको जीतमा पहिलो हाफको ३१औँ मिनेटमा सञ्जय क्षेत्रीले गरेको गोल नै निर्णायक बन्यो । करन राईको क्रसपासमा संकटका गोलरक्षक विनय श्रेष्ठलाई बिट गराउँदै क्षेत्रीले आफ्नो टिमलाई अघिल्लो चरणमा प्रवेश गराएका हुन्। तीन जना विदेशी खेलाडीसहित मैदान उत्रिएको संकटाले दोस्रो हाफमा सिक्किमलाई दबाबमा राखे पनि गोल गर्न नसक्दा प्री–क्वार्टरफाइनलबाटै बाहिरिन बाध्य भयो।

गत संस्करणमा संकटा विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लबसँग पराजित बन्दै क्वार्टरफाइनलबाट बाहिरिएको थियो। दुवै टिमले पाएका केही अवसरहरुले पोस्टको दिशा लिन सकेन। खेलको २२ औँ मिनेटमा सिक्किमका सञ्जय क्षेत्रीको प्रहारले गोलपोस्टको फ्रेम लिन सकेन।

दोस्रो हाफको २०औँ मिनेटमा सिक्किमका गोलरक्षक उर्गेन पिन्सो शेर्पा बिट भएको अवस्थामा संकटाका दिपेश आले मगरले गरेको प्रहारले गोलपोस्टको फ्रेम लिन सकेन। खेलको अन्तिम मिनेटमा टेम्पीले काउन्टरमा पाएको अवसरलाई सदुपयोग गर्न नसक्दा संकटा पहिलो खेलबाट बाहिरियो।

संकटाको प्रहार बिफल बनाउने सिक्किमका गोलरक्षक उर्गेन पिन्सो शेर्पा म्यान अफ द म्याच घोषित बन्दै नगद १० हजार र चाँदीको मेडल प्राप्त गरे। सिक्किम र संकटा पहिलो पटक आमनेसामने भएका हुन्। प्रतियोगिता अन्तर्गत आइतबार अन्तिम प्री–क्वाटरफाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र पाहुना टोली भारतको दुर्गापुर स्टिल टि.एस.वाई. कोलकाताबीच हुनेछ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes