औषधी संञ्चालक संघको शुभकामना आदानप्रदान - Pahilo Online

औषधी संञ्चालक संघको शुभकामना आदानप्रदान

writer

पहिलो अनलाइन

विराटनगर । नेपाल औषधी संचालक संघले नयाँ वर्ष २०७५ सालको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

मोरङको कटहरी स्थित गोपाल फन एण्ड फुड पार्कमा शुक्रवार साँझ आयोजीत कार्यक्रममा विराटनगरमा रहेका औषधी संञ्चालक, औषधी ब्यवसायी, विक्री प्रतिनिधि, कर्मचारीहरुको सहभागीता रहेको थियो ।

उक्त कार्यक्रममा शुभकामना ब्यक्त गर्दै बक्ताहरुले नयाँ वर्षमा सबै औषधी ब्यवसायीहरु विचको आपसी भावनात्मक एकता बृद्धि, स्वस्थ्य प्रतिष्पर्धात्मक ब्यवसाय, उपभोक्तामुखि ब्यवसाय गर्न प्रेरित गरोस् र औषधी ब्यवसाय क्षेत्रमा देखिएका विकृति, विसंगती र अस्वस्थ्य प्रतिस्पर्धालाई हटाउने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल औषधी ब्यवसायी संघ, कोशी शाखाका निवर्तमान अध्यक्ष लक्ष्मण माझी, नेपाल औषधी संञ्चालक संघ केन्द्रीय तदर्थ समिति विराटनगरका संयोजक देशबन्धु ढकाल, सचिव जयप्रसाद राय, नेपाल औषधी विक्री प्रतिनिधि संघका केन्द्रीय सचिव सुनिल श्रेष्ठ, सूर्य दाहाल लगायतले आफ्ना भनाई राखेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • स्थायी लेखा नं. ६०९५४०३५६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • फोन : N/A
  • मोबाइल नं.: ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2023 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes