विराटनगर । परिवर्तन चाहानु हुन्छ भने पहिला आफुबाट नै सुरु गरौं हाम्रो साप्ताहीक कार्यक्रम सरसफाई महाअभियानले आज दशौं हप्ता पनि निरन्तरता पायो ।
महेन्द्र मोरङ क्याम्पस जाने बाटो र पाञ्चाली जाने बाटोमा रहेको स्रस्टा स्व. लक्ष्मी प्रसाद देवकोटाको सालीक परिसरको सरसफाइ र रंगरोगन गर्दै कार्यक्रमलाई निरन्तरता दिइएको हो ।
सबैको नज़र पुग्ने ठाँउमा भएपनि कसैले वास्ता नगर्दा देवकोटाको शालिक जिर्ण अवस्थामा थियो । यस ठाँउमा भएको माटो र ढुङ्गा हटाउन परिवर्तनका लागि हातेमालो संस्था विराटनगरका दर्जनौं युवा सहभागी भए ।
विराटनगरका मेयर भिम पराजुलीले उक्त स्थानमा डोजर लगाएर मिलाउने आश्वासन दिनुभएको छ । सफा सुन्दर माक्र्सरहित बिराटनगर बनाउन आफूहरु लागेको परिवर्तनका लागि युवा हातेमालो संस्थाका अभियान्ता विनोद चाहारले बताउनु भयो ।