गोयलले गरे विद्यार्थीलाई पोशाक वितरण - Pahilo Online

गोयलले गरे विद्यार्थीलाई पोशाक वितरण

writer

पहिलो अनलाइन

विराटनगर । वरिष्ठ समाजसेवी दीनबन्धु गोयलले आफ्ना स्वर्गीय दाजु ओमप्रकाश गोयलका पुण्यस्मृतिमा भद्रपुर क्षेत्रका ७ सय ६६ विद्यार्थीलाई शुक्रबार पोशाक वितरण गरेका छन् ।

झापाको भद्रपुर क्षेत्रका पाँच सामुदायिक विद्यालयका ७ सय ६६ छात्रछात्रालाई उनले विद्यालयको पोशाक वितरण गरेका हुन् ।
पोशाक प्राप्त गर्नेमा पृथ्वी मावि, गौतम बुद्ध मावि, शारदा मावि, भानुभक्त मावि र पशुपति माविका छात्रछात्रा छन् ।

झापा उद्योगवाणिज्य सङ्घ भद्रपुर र नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय भद्रपुरको संयुक्त आयोजनामा पोशाक वितरण गरिएको हो ।
समाजसेवी दीनबन्धुका स्वर्गीय दाजु ओमप्रकाश झापा उद्योगवाणिज्य सङ्घका अध्यक्ष र चर्चित समाजसेवी थिए ।

उनै स्वर्गीय दाजुका नाममा दीनबन्धुले विगत १२ वर्षदेखि भद्रपुर आसपासका ५ विद्यालयका छात्रछात्रालाई पोशाक वितरण गर्दै आएका छन् ।

समजसेवी गोयलले आफूले अत्यन्त दुःख र कष्टका साथ विद्यार्थी जीवन पार गरेको चर्चा गरे ।

उनले आफ्नो विगत र धरातल सम्झन आफूलाई अप्ठ्यारो नलाग्ने उल्लेख गर्दै एउटा सामान्य स्वेटरका भरमा जुत्ता र चप्पलसमेत नलगाई खालि खुट्टामै विद्यालयको पढाइ पूरा गर्नुपरेको स्मरण गरे ।

‘आजका विद्यार्थीले यस्तो भोग्नु नपरोस् भन्ने मेरो इच्छा हो’, उनले भने, ‘त्यसैले मेरा स्वर्गीय दाजुका नाममा आवश्यक परेका विद्यार्थीलाई पोशाक वितरण गरेका हौँ ।’

मुलुकमा शिक्षाको विकास नभएसम्म कुनै क्षेत्रको पनि उत्थान हुननसक्ने धारणा प्रकट गर्दै उनले अहिलेका विद्यार्थीको भविष्यमै राष्ट्रको भविष्य र समृद्धि रहेको बताए ।

कार्यक्रममा झापा उवा सङ्घका अध्यक्ष राजु पनेरू, पूर्व अध्यक्ष राजेन्द्र घिमिरे र रेडक्रस भद्रपुर शाखाका अध्यक्ष गोपाल गिरी लगायतका वक्ताले आआफ्नो मन्तव्य प्रकट गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes