पत्रकार अधिकारी पुरस्कृत - Pahilo Online

पत्रकार अधिकारी पुरस्कृत

writer

पहिलो अनलाइन

विराटनगर । विराटनगरका वातावरण पत्रकार रामचन्द्र अधिकारी यस वर्षको वन्यजन्तु संरक्षण पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।

शुक्रबार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष विभागले आयोजना गरेको एक कार्यक्रमका बीच अधिकारीलाई वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले पुरस्कृत गर्नुभएको हो ।

पत्रकारिता र पुस्तक लेखनमार्फत वन्यजन्तुको बारेमा सचेतना जगाई संरक्षणमा योगदान दिनुभएको ठहर गरी अधिकारीलाई पुरस्कार प्रदान गरिएको विभागले जनाएको छ । पुरस्कारको राशि ५१ हजार रुपैयाँ नगद र सम्मान पत्र रहेको छ । यो पुरस्कार यसै वर्ष मात्र स्थापना भएको विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिनुभयो ।

वन्यजन्तु सप्ताहको समापनको अवसरमा उहाँसँगै अन्य दुई व्यक्ति र एक संस्था तथा विभिन्न प्रतियोगितामा उत्कृष्ट हुनेहरु समेत पुरस्कृत हुनुभएको थियो । हरेक वर्ष विभागले वैशाख १ देखि ७ गतेसम्म वन्यजन्तु सप्ताह मनाउने गरेको छ । यस वर्ष समृद्धिका लागि वन्यजन्तु भन्ने मूल नाराका साथ यो सप्ताह मनाइयो ।

पुरस्कृतहरुलाई बधाई दिँदै मन्त्री वस्नेतले वन्यजन्तुको संरक्षण गरेमात्र देश समृद्ध हुने बताउनुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes