अकिञ्चनको एकल कविता वाचन - Pahilo Online

अकिञ्चनको एकल कविता वाचन

writer

पहिलो अनलाइन

विराटनगर । दुई दशकभन्दा लामो समयदेखि नेपाली कविता लेखनमा सक्रिय युवाकवि उमेश राई ‘अकिञ्चन’को एकल कविता वाचन सम्पन्न भएको छ ।

चेतना संरक्षण साहित्य प्रतिष्ठानको आयोजनामा २४ औं शृंखलामा कवि अकिञ्चनको एकल कविता वाचन सम्पन्न भएको हो ।

कार्यक्रममा अकिञ्चनले ‘बाराक ओबामा’, ‘किनारीकृत प्रश्न’, ‘भूगोलपार्क’, ‘आमाको समाधिस्थलबाट’, ‘मोलालिसा र मार्च ८’ र ‘दृष्टिकोण’ शीर्षकका आधा दर्जन कविता सुनाए । प्रतिष्ठानले हरेक महिनाको पहिलो शुक्रबार एकल र सामूहिक कविता वाचन कार्यक्रम गर्दै आएको छ ।

हाल काठमाडौंमा बसोबास गर्दै आएका कवि अकिञ्चनको ‘मोनालिसा र मार्च ८’ र ‘एक सगर दुई तारा’ कृति प्रकाशित छन् । सन् २०१० मा अमेरिकाको बोस्टनमा भएको अन्तर्राष्ट्रिय कविता महोत्सवमा प्रथम हुँदै अकिञ्चनले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए ।

कार्यक्रममा साहित्यकार रमाप्रसाद रिजाल, प्रतिष्ठानकी उपाध्यक्ष सरला चापागाईं, महासचिव उमेश दाहाल, कवि मीनकुमार नवोदितलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes