नोबेलका विद्यार्थीद्वारा बलात्कार प्रयास - Pahilo Online

नोबेलका विद्यार्थीद्वारा बलात्कार प्रयास

writer

पहिलो अनलाइन

विराटनगर । बलात्कार प्रयास गरेको आरोपमा विराटनगर स्थित नोबेल मेडिकल कलेज विराटनगरमा एमबीबीएस अध्ययनरत एकजना विद्यार्थी पक्राउ परेका छन् ।

सप्तरी राजविराज–३ बेलहीका मनिष मिश्रले विराटनगरस्थित एक अस्पतालमा नर्सिङ्ग पेशामा कार्यरत महिलामाथि बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

आफूमाथि मिश्रले बलात्कार प्रयास गरेकोे भन्दै पीडितले मोरङ प्रहरीमा बिहीबार जाहेरी दिएकी थिइन् । मंगलबार साँझ ड्युटीबाट घर जाने क्रममा गाडी नपाएपछि तनाबमा परेकी युवतीलाई मिश्रले घर पु¥याईदिने भन्दै मोटरसाईकलमा बसाएका थिए । त्यसबेला पानी परेकोले चिनजानकै युवाको कोठामा युवती गएकी थिइन् ।

आफूलाई कोठामा लगेपछि ढोका बन्द गरेर जर्बरजस्ती करणी प्रयास गरेको पीडितको आरोप छ । त्यसपछि आपूm होहल्ला गर्दै भागेर बाहिर निस्किएको उनले बताएका छन् । मिश्रको कोठाबाट भागेकी युवतीलाई आयल निगम उत्तर एकजना प्रहरी जवानले पनि पिछा गरेका थिए । स्थानीयले महिला लखेटिएको देखेपछि सोधखोज गर्दा प्रहरी जवान भागेको बताइएको छ ।

स्थानीयकै सहयोगमा प्रहरी र परिवारले युवतीको उद्धार गरेका थिए । घटनापछि पीडितले बुधबार दिइएको जाहेरीका आधारमा प्रहरीले मिश्रलाई नियन्त्रणमा लिएको हो । उनी विरुद्ध जर्बरजस्ती करणी अभियोगमा म्याद थप गरि अनुसन्धान सुरु गरिएको मोरङका प्रहरी उपरीक्षक अरुणकुमार बिसीले जानकारी दिनुभयो ।

युवतीलाई जर्बरजस्ती करणी प्रयास गर्ने मिश्र नोबेल मेडिकल कलेजमा नवौं ब्याजका एमबीबीएस अध्ययनरत विद्यार्थी हुन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes