गोयलले नेहालाई डाक्टर बनाईदिने - Pahilo Online

गोयलले नेहालाई डाक्टर बनाईदिने

writer

पहिलो अनलाइन

विराटनगर । विराटनगरका समाजसेवी दीनबन्धु गोयलले आपूmले अध्ययन गरेको विद्यालयका गुरुकी एक नातिनीलाई एमबिबिएस्सम्म पढाउने प्रतिबद्धता गर्नुभएको छ ।

तत्कालीन भद्रपुर हाइस्कुलका अङ्ग्रेजी शिक्षक आरके मुखिया (दार्जिलिङ सर) की नातिनी नेहा सुनुवारलाई समाजसेवी गोयलले एमबिबिएस्सम्मको अध्ययन गराउने हुनुभएको हो ।

हाल ११ कक्षामा अध्ययनरत नेहाले २ वर्षको शिशु अवस्थामै आमा गुमाएकी थिइन् । उनका बाबु रविकुमार मुखिया लामो समयदेखि विकलाङ्ग भई काम गर्न नसक्ने अवस्थामा छन् । आरके मुखिया अर्थात् दार्जिलिङ सरले उद्योगी गोयल र उनका दाजुहरू महावीर र स्वर्गीय ओमप्रकाशलाई पनि अध्यापन गराएका थिए ।

भद्रपुरस्थित कृष्ण द्वैपायन गुरुकुल वेदाश्रमको शुक्रबार सम्पत्र १३ औँ वार्षिक साधारणसभामा गोयलले नेहालाई आफ्ना स्वर्गीय दाजु ओमप्रकाशका स्मृतिमा एमबिबिएस्सम्मको अध्ययन गराउने घोषणा गर्नुभएको हो । नेहा हाल भद्रपुरकै विभूति विद्या मन्दिरमा कक्षा ११ मा अध्ययनरत छिन् । उनले कार्यक्रममा आफू धेरै पढेर डाक्टर बन्ने र गाइनोकोलोजिस्ट (स्त्री तथा प्रसूति रोग विशेषज्ञ) हुने इच्छा प्रकट गरेकी थिइन् ।

समाजसेवी गोयलले नेहालाई वेदाश्रमका नामबाट एक वर्षको छात्रवृत्तिस्वरूप ३० हजार रुपैयाँ प्रदान गर्दै कक्षा १२ मा पनि छात्रवृत्ति जारी राख्ने बताउनुभएको छ । कार्यक्रममा आश्रमका पुराना विद्यार्थी र ६ वृद्धवृद्धालाई सम्मान गरिएको थियो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes