खानेपानी र शौचालयको माग - Pahilo Online

खानेपानी र शौचालयको माग

writer

पहिलो अनलाइन

उर्लाबारी । मोरङको मिक्लाजुङ–६ बेतिनीका बाढी पीडितहरुले खानेपानी र शौचालयको समस्या भएको बताएका छन् । सञ्चार क्लब नेपाल उर्लाबारीको आयोजना गरेको कार्यक्रममा बाढी पीडित गोपाल हुमागाईले तीन बर्षदेखि कठिन तरिकाले जिविकोपार्जन गर्दै आएको गुनासो गरे ।

तत्काल शौचालय र खानेपानीको उचित प्रबन्ध मिलाइदिन उनले आग्रह गरेका छन् । स्थानीय मिक्लु सामुदायिक वनको खाली जग्गामा बसोबास गर्दै आएका २५ परिवार अझैसम्म घर फर्किन सकेका छैनन् । बाढीपीडितका समस्या समाधानका लागि पहलकदमी गर्ने उद्देश्यले मिक्लाजुङ गाउँपालिकाको साझेदारीमा बाढीपीडितहरुको स्वास्थ्य परीक्षणसमेत गरिएको छ ।

उर्लाबारीस्थित गोदावरी हस्पिटल प्रा.लि.को प्राविधिक टोलीले ४० जना बाढी पीडितहरुको स्वास्थ्य परीक्षण गरेको कार्यक्रम संयोजक केशब खड्काले जानकारी दिनुभया् । सोही अवसरमा नयाँ वर्ष २०७५ सालको शुभकामना आदानप्रदान कार्यक्रमसमेत गरिएको थियो । मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देबीप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा नं. ६ वडाध्यक्ष बुद्धिलाल निरौला, गोदावरी हस्पिटल प्रा.लि.का सञ्चालक प्रकाश चौहानलगायतको उपस्थिति थियो ।

गाउँपालिका प्रमुख आचार्यले विकास र समृद्धिलाई पहिलो प्राथमिकतामा राखेर गाउँपालिकाका अघि बढिरहेको बताउनुभयो । मिक्लाजुङका अधिकांश भू–भाग पहाडी क्षेत्र भएका र सडक, खानेपानी, विजुलीजस्ता आधारभूत कुराहरुका बढी समस्या रहेको उहाँको भनाइ छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes