धर्मका सम्बन्धमा केहि कुरा  - Pahilo Online

धर्मका सम्बन्धमा केहि कुरा 

गाई, माई र भाई तीन टै एकै चोटी कराउनु कुनै सञ्जोग र ब्यक्तिगत वा अन्य कारण हुनै सक्दैन । यो राजतन्त्र फर्काउने खेल हो ।

writer

नारायण निरौला

धर्म के हो ?

नेपालमा त किराँत ,शैव ,बौद्ध र प्राकृत धर्म थिए ।पछि हिन्द साम्राज्य खडा गर्न शैव धर्मलाई हिन्दू धर्ममा गावियो आर्य विरोधी द्रविण जातिका भौतिकवादी विद्वान रावणलाई पानी बाराबार पारियो।यसरी आर्यहरुले द्रविण र मङ्गोलियनहरु लाई पनि जवरजस्त रुपले धार्मिक अतिक्रमण गरी हिन्दू बनाउने कुकर्म गरेकै हुन्।यसै शिलशिलामा मल्लकालिन शाशकको पालामा तत्कालिन हिन्दू धर्मगुरु शंकराचार्य नेपाल पसेर बौद्ध र अन्य धर्मका खिलाफमा बिध्वंस मच्चाउदै यो देसलाई हिन्दूकरण गरिएको हो।त्यसैले धर्म भनेको हामी मार्क्सवादी ले अफिम झैँ ठान्दछौँ।जसले ब्यक्तिको अनन्त चेतनालाई कुण्ठीत पारी अन्धविश्वासमा लठ्याइरहन्छ।यसरी लठ्ठिनु भनेको एक लम्पट अभिसप्त अफिमीची भन्दा फरक हुँदैन।यद्दपी धर्म भनेको दिमागी अफिम भएका हुनाले यसको अम्मल गर्ने नगर्ने ब्यक्ति विशेषमा भर पर्छ।जसका लागि एक ब्यक्ति स्वतन्त्र छ।तर धर्मकै आडमा राज्यसत्ता खडा गर्ने अनि शासन चलाउने र जनतामा जवरजस्त अमुक धर्म थोपर्ने जस्तो निकृष्ट कुकर्म कुनै पनि हुन सक्दैन।त्यसैले यो धर्मको नाममा कुनै पनि सम्प्रदाय, संस्था वा ब्यक्तिका नामबाट जनतामा अमुक धर्म राम्रो वा अमुक नराम्रो भन्दै पित प्रचार गर्दै भ्रम श्रृजना गर्ने जो कोही आजको एक्काइसौँ सताब्दीका ठूला दुश्मन हुन् ।

धार्मिक असहिष्णुता कसरी बढ्छ ?

नारायण निरौला

पूर्वीय मानव सभ्यताको इतिहासमा सबै भन्दा आधुनिक सभ्यता मोहनजोदारो र हरप्पा हुन्।जो पाँच हज्जार वर्ष पूर्व स्थापित अत्याधुनिक सभ्यता हो।जस अनुसार इन्दू उपत्यकामा करीव पच्चिस हज्जार घरहरू (काँचो ईटका) अत्याधुनिक ढंगले बनाइएका थिए।जसलाई पहिले पुर्तगाल साम्राज्य र पछि इटाली ,फ्रान्स र बृटिस साम्राज्यहरुले बिस्थापित गर्दै लगेका हुन्।त्यस बेला हिन्दू धर्मको त के कुनै धर्मको प्रभाव ती मोहनजोदारो र हिरप्पा सभ्यतामा परेको पाइँदैन।त्यसबेला केवल प्रकृति सूर्य, चन्द्रमा, पशु ,वन ,जङ्गल ,पहाड, नदी, ताल, समुद्र आदी लगायत कविला र गणका सरदार हरु नै मनुष्यका आदर पात्र थिए।धार्मिक अन्ध विश्वास त सामन्तवादको जन्म पछि मात्र जन्मियो।जस अनुसार सामन्ती शासकले सत्ता सञ्चालन गर्ने नियम बनाए।धार्मिक असहिष्णुता उत्पन्न गराउँदै जनतामा बिद्वेस र कलह श्रृजना गर्न अन्तराष्ट्रिय रुपले नै साम्राज्यवादी हर्कत भइरहेका छन्।यसो गर्दा ठूलो आर्थिक र सामरिक फाइदा हुन्छ।

आर्थिक भन्नाले पहिले त साम्राज्यवादी मुलुकको लागि आवश्यक पर्ने कच्चा पदार्थ र उर्जा (पेट्रोलियम देखि यूरोनियम सम्म)मा कब्जा गर्ने साथै आफ्नो उत्पादनलाई कमजोर मुलुकमा बेच्ने वातावरण मिलाउनु हो।त्यसैगरी सामरिक भन्नाले सैन्य शक्ति बुझाउँछ।यदी यो सामरिक शक्ति अरुको बढ्न गयो भने आफू माथि खतरा आइलाग्ने हुँदा साम्राज्यवादले बिभिन्न बहानामा अन्य राष्ट्रमाथि हमला गरिरहन्छ।नरसंहार गरिरहन्छ।हामीले प्रथम र दोश्रो विश्वयुद्ध ताका र त्यसपछिका इतिहास अध्ययन ग-यौँ भने साम्राज्यवादी युद्ध सरदारका हिंस्रक हर्कत बुझ्न गाह्रो पर्दैन।भियतनामलाई अमेरिकाले कसरी तहस नहस ग-यो त्यो पनि छिपेको छैन।जपानको हिरोसिमा र नागासकीमा परमाणु बम खसालेर गरेको नरसंहारको दाग पनि मेटिएको छैन। इराकमा आखिर के थियो त्यो देश एकरुपले मुश्लिम समाजवादै सहि समुन्नत राष्ट्र थियो।त्यसका शासक सद्दामहुसेन अमेरिकी साम्राज्यवादका खिलाप डटेर रहेका थिए।

त्यहाँ सिया र सुन्नीका बिचमा झगडा लगाएर अन्ततःत्यत्रो शालिन राष्ट्रलाई अमेरिकाले क्षतबिक्षत बनायो।त्यसैगरी अफगानिस्तान , इरान लेवनान,भर्खरै भन्ने हो भने सिरिया माथिको आक्रमण ताजै छ।त्यसै गरी उत्तर कोरियामा कैँयौँ वर्ष देखि बिभाजन गरी कलह मच्चाउने र सामरिक हस्तक्षेप गर्ने निहुँ खोजिरहेकोछ। आर्थिक र सामरिक रुपमा पतन भैसकेको सामन्तवाद पुनः दलाद नोकरशाही पूँजीवाद ,साम्राज्यवाद र विस्तारवादको बुई चढेर जनताको धार्मिक आस्थालाई भजाउँदै पुनरउत्थान को ताकमा रहेको हुनाले यो धार्मिक असहिष्णुता बढ्न गएको हो।अझ स्पष्टसंग भन्नु पर्दा कम्यूनिष्ट भने पछि साम्राज्यवाद र विस्तारवादको सातो उड्छ।

तर संसार भरि कम्यूनिष्ट पतन भए भनी खुच्चिङ मच्चाइरहेका प्रतिक्रियावादी तत्वहरुलाई नेपाली जनताले मुहतोड जवाफ दिँदै दुई तिहाई बहुमतको कम्युनिष्ट सरकार गठन गरी देखाइदिएका छन्।यस अवस्थामा देश भित्र र बाहिर रहेका समाजवाद विरोधी प्रतिक्रान्तिकारी तत्व सलवलाउनु लाई पनि अन्यथा लिनु हुँदैन।हाल यसमा यूरोपेली यूनियन,सीआईए र भारतीय गुप्तचर संस्था “र”(RAW-Research &Analysis Wings) र तिनका हुण्डीमा चलेका धार्मिक मठाधिस र एनजीओ र आइएनजीओले जनताले रगतको आहालमा डुबेर ल्याएको नेपालको आमुल क्रान्तिकारी परिवर्तनलाई उल्टाउने प्रयत्नमा धार्मिक घटना घटाउने,गाई,माई र भाईका कुरा उछाल्ने कुकर्मका कारण धार्मिक असहिष्णुता र जातीय विद्वेस देखा परेका हुन्।यद्दपी नेपाली जनतामा रहेको अनेकतामा एकताको भावनाले धार्मिक र जातीय सहिष्णुताको विरासतलाई डगमगाउन दिएको छैन।यदि यो देसको हित सबैले चहाने हो भने देस विदेसमा रहेका प्रत्येक नेपालीले यो भावना अझ मज्बुत बनाउँदै लानु पर्छ।

धर्म गुरु प्रति गोली प्रहार के होला ?

हिन्दू धर्म गुरु माथि गोली प्रहारको घटना अति निन्दनीय छ।आफ्नै अनुयायीको प्रहारबाट गुरु बाँचे।अरुको दोष देखाएर वितण्डा खडा गर्न यो घटना उग्र हिन्दूवादीहरु कै षडयन्त्रमा बुनिएको हो।यो घटना घटाएर हिन्दू धर्म भिरुहरुको सहानुभूति लिएर धर्म निरपेक्षको विरुद्ध आक्रोस पैदा गराउने र अन्ततः राजतन्त्र ब्यूँताउने ग्राण्डडिजाइन भएको बुझ्न गाह्रो पर्दैन । नत्र गाई,माई र भाई तीन टै एकै चोटी कराउनु कुनै सञ्जोग र ब्यक्तिगत वा अन्य कारण हुनै सक्दैन। चेतना भया ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes