सामुदायिक वनमा भीषण डढेलो - Pahilo Online

सामुदायिक वनमा भीषण डढेलो

writer

पहिलो अनलाइन

खोटाङ । खोटाङकै दोश्रो ठूलो सामुदायिक वनमा लागेको भीषण डढेलो नियन्त्रण बाहिर गएको छ ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कस्थित पूर्वी जुरेथुम्का सामुदायिक वनमा शनिबार बिहान सुरु भएको डढेलो नियन्त्रण बाहिर गएको हो ।

त्रिवेणी भुलभुलेबाट सुरु भएको डढेलो क्रमशः खनालबेँसी, ढकाल बेँसी र राईगाउँ हुँदै बनपालातर्फ फैलिएको वडाध्यक्ष बिरेन्द्र ढकालले बताउनुभयो । पूर्वी जुरेथुम्काबाट सुरु भएको भीषण डढेलो क्रमशः पश्चिम जुरेथुम्कातर्फ फैलिँदै गएको छ । ५० हेक्टरभन्दा बढी क्षेत्रफलमा फैलिएको सामुदायिक वनमा लागेको डढेलोको धुवाँ टाढा–टाढासमेत देखिएको छ ।

शनिबार दिनभर दुई सयको हाराहारीमा स्थानीय भेला भएर निभाउने प्रयास गर्दा पनि डढेलो नियन्त्रणमा आउन नसकेको वडाध्यक्ष ढकालले बताउनुभयो । जोगाउने प्रयासका बावजुद पनि जंगलबाट आएको आगोको लप्कोले तेजबहादुर राईको गोठ जलेको छ ।

डढेलो जंगलको मध्य भागतर्फ फैलँदै गएको छ । जंगल सकिएपछि मात्र डढेलो नियन्त्रणमा आउने अवस्था देखिएको छ । सुक्खा मौसम भएकाले आगो नियन्त्रणमा लिन कठिनाई भएको हो ।

नियन्त्रणमा लिन कठिनाई भएपछि स्थानीयले आइतबार आगो निभाउने प्रयास गरेका छैनन् । उनीहरु बस्तीतर्फ आउने डढेलो नियन्त्रणमा मात्र केन्द्रित बनेका छन् ।

डढेलो निभाउने क्रममा स्थानीय बिप्लव राई घाइते भएका छन् । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको ढकालले बताउनुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes