लागुऔषध कारोबारी पक्राउ - Pahilo Online

लागुऔषध कारोबारी पक्राउ

writer

पहिलो अनलाइन

विराटनगर । मोरङ्ग प्रहरीले विराटनगरबाट अबैध लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । विराटनगर १९ स्थित घिनाघाटबाट चेकजाँज गर्ने क्रममा बिराटचौकतर्फ जाँदै गरेका सुनसरीको धरान ८ घर भई सुन्दरहरैचा ७ वस्ने २८ वर्षीय शुक्रबहादुर लिम्बू र धरान ८ बस्ने २६ वर्षीय सुबास लिम्बू लागुऔषधसहित पक्राउ परको हुन् ।

उनीहरु सवार को १३ प ३३९ नम्बरको पल्सर मोटरसाईकलमा प्लास्टिकको जेब्रा झोलामा राखेको अबैध लागुऔषध प्रहरीले बरामद गरेको हो । उनीहरुको साथबाट स्पास्मो प्रोक्सिभन ट्याब्लेट ३४३२ थान, नाईट्रोसन ट्याब्लेट १०० थान र २२ बोतल डाईलेक्स बरामद गरिको प्रहरीले जनाएको छ ।

लागुऔषध ओसारपसारमा संलग्न दुबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes