कृष्ठरोग निर्मुल अभियान - Pahilo Online

कृष्ठरोग निर्मुल अभियान

writer

पहिलो अनलाइन

पथरी । कुष्ठरोगी प्रतिको सामाजिक भेदभाव अन्त्य गर्न मोरङको पथरीशनिश्चरे नगरपालिकामा सचेतनामुलक अभियान सुरु गरिने भएको छ । कुष्ठरोगको अतिप्रभावित क्षेत्र मानिएको नगरपालिकामा कुष्ठरोगीको पहिचान तथा रोेग निदानका लागी अभियान थाल्न लागिएको हो ।

पथरीशनिश्चरे नगरभित्रका सबै घरमा अभियानका क्रममा स्वास्थ्यकर्मी पुग्ने र रोग पहिचान गर्ने पथरीशनिश्चरे नगरपालिकाका स्वास्थ्य प्रमुख मुरारी आचार्यले जानकारी दिनुभयो । अभियान ५ दिनसम्म चल्नेछ ।

कुष्ठरोगी खोजी गर्न र रोगी पहिचान भए रोगीको उपचारका लागिसमेत विषेशज्ञसहितको टोली पथरीशनिश्चरेका ३ स्थानमा रहनेछ । पथरी उपस्वास्थ्य चौकी, हसहन्द स्वास्थ्य चौकी र शनिश्चरे स्वास्थ्य चौकीमा विषेशज्ञसहितको टोली रहनेछ ।

कुष्ठरोगीको पहिचान गर्न र लुकिछुपी रहेका कुष्ठरोग निवारण गर्नका कार्यक्रम सुरु गरिएको हो । नेपाल सरकारले समेत कृष्ठरोग निवारणका लागि अभियान थालेकोले सो अभियानको निरन्तरता पथरीशनिश्चरे नगरमा गरिएको कुष्ठरोग निवारणका कार्यक्रम गर्दै आएको नेदरल्याण्ड कुष्ठरोग फाउण्डेशनका प्रविधिक निर्देशक गंगालाल बाँस्कोटाले बताउनुभयो ।

जिल्ला जनस्वास्थ्य कार्यालय विराटनगरका रामनरेश ठाकुरले कसैले छलकपट नगरी कुष्ठरोग निवारण अभियानमा लाग्न आव्हान गर्नुभयो । पथरीशनिश्चरेका प्रमुख कार्यकारी अधिकृत पुरुषोत्तम घिमिरेले कुष्ठरोगको निर्मुलीकरणका लागि अभियानमा सबैले साथ दिनुपर्ने बताउनुभयो ।

नगरप्रमुख दिलिपकुमार राईले देखिएका र नदेखिएका रोगको पहिचान गरी नगरवासीलाई सुचित गरिने र आगामी दिनमा रोगलाई निवारण गर्न नगरपालिकाले अभियान थाल्ने बताउनुभएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes