दुर्घटनामा दुईको मृत्यु - Pahilo Online

दुर्घटनामा दुईको मृत्यु

writer

सिरहा । पूर्व पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–४ कदमाहामा शुक्रबार साँझ यात्रुबाहक बसको ठक्करबाट घाइते भएका दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका सप्तरीको कञ्चनरुप नगरपालिका–८ का ४० वर्षीय शम्भु स्वर्णकार र ३५ वर्षीय सन्दीप स्वर्णकारको मृत्यु भएका इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख ६०२ नम्बरको यात्रुबाहक बसले टायर पञ्चर भई अनियन्त्रित भएपछि सोही दिशामा जाँदै गरेको स ७ प ७१५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकलमा सवार दुबैजना गम्भीर घाइते भएका थिए ।

घाइतेमध्ये मोटरसाइकल चालक स्वर्णकारको उपचारका लागि लहानस्थित सप्तऋषि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । सन्दीपको भने उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । प्रहरीले ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रण लिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes