राष्ट्रलाई एकतावद्ध गर्न खेल महत्वपूर्ण : प्रचण्ड - Pahilo Online

राष्ट्रलाई एकतावद्ध गर्न खेल महत्वपूर्ण : प्रचण्ड

writer

पहिलो अनलाइन

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रलाई एकतावद्ध गर्न खेल क्षेत्र महत्वपूर्ण भएको बताउनुभएको छ ।

अन्तराष्ट्रिय टेबुल टेनिस दिवसको अवसरमा टेबल टेनिस एशोसिएशन ललितपुरले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले खेलकूदको विकासले राष्ट्रको पहिचान स्थापित हुने बताउनुभयो ।

‘एउटा सभ्य र अनुशासित समाज निर्माण गर्न, स्वस्थ समाज निर्माण गर्न र राष्ट्रलाई एकतावद्ध गर्नका निम्ति पनि खेल क्षेत्र असाध्यै महत्वपूर्ण र संवेदनशील क्षेत्र हो’ उहाँले भन्नुभयो, ‘स्वास्थ्यको लागि, राष्ट्रको लागि, समृद्धिको लागि र सभ्य समाजको लागि खेलको मान्यतामा निरन्तर अगाडि बढ्न सबैलाई आग्रह गर्दछु ।’

अध्यक्ष प्रचण्डले आफू हाइस्कूलमा पढ्दा फुटबल, हाइस्कुल सकेपछि भलिबल र बिएस्सी पढ्दा टेबुल टेनिस खेल्न थालेको अहिले पनि टेबुल टेनिस खेल्ने गरेको बताउनुभयो । ‘मैले रामपुरमा बिएस्सी पढ्दै गर्दा टेबुल टेनिस सिकेको हो । र, शान्ति सम्झौतापछि मैले नियमित टेबुल टेनिस खेल्न थालेको पनि १०÷१२ वर्ष हुन लाग्यो,’ उहाँले भन्नुभयो ‘मैले प्रधानमन्त्री हुँदा पनि टेवुल टेनिस खेल्न छाडिनँ । बरु, बालुवाटारमा टेबुल टेनिस खेल्ने एउटा घरै बनाएको छु ।’

आफू प्रधानमन्त्री हुँदा अन्तराष्ट्रिय खेलाडी तारिफ खानसँग टेनिस खेलेको फोटो विश्वभरि फैलिएको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘मैले टेबुल टेनिस खेलेको कुरा विश्वभरि प्रचार भएछ । मैले टेबुल टेनिस खेल्दा एशोसिएशनले पिस अवार्ड प्राप्त गरेको सुन्दा विशेष हर्ष र गर्व महशुस भएको छ ।’ उहाँले सबै खेलाडीलाई बधाई र धन्यवाद दिनुभयो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes